पोखरा– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि २० क्रिेकेटमा नेपालले माल्दिभ्सविरुद्ध शान्दार जीत दर्ता गराएको छ। नेपालले माल्दिभ्सलाई १६ रन मै अल आउट गरको हो। यसै खेलमा अन्जली चन्दले अविश्वसनिय विश्वकीर्तिमान प्रर्दशन गरेपछि नेपालले १३ औं दक्षिण एसियाली खेलकुद(साग) महिला क्रिकेटमा माल्दिभ्सलाई १० विकेटले हराएको छ ।

नेपाली महिला क्रिकेट टिमकी तीब्र गतिकी बलर अन्जली चन्दले टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान बनाएपछि नेपालले छिटो जित निकाल्न सफल भएको हो  । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलम २.१ ओभरमा २ मेडन कुनै रन नदिएर ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएकी हुन् ।

सामान्य १७ रनको लक्ष्य नेपालले पाँच बलमै पुरा गरेको हो । पहिलो नो बलमा काजल श्रेष्ठले चौका प्रहार गरिन् । पहिलो बलमा चौका प्रहार गरिन् । दोस्रो बलमा १ रन लिदा तेस्रो बलमा सिता राना मगर डट भइन् । चौथोमा वाइड २ र अर्कोमा काजले चौका प्रहार गरिन् । पाँचौ बलमालेग वाइका रुपमा १ रन लिदै नेपालले ५ बलमा खेल जितेको हो । अन्जलीले अद्भुत प्रदर्शनकै कारण माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको छ ।

यो नेपालले जितको सर्वाधिक छिटो जित हो । विश्वमा तेस्रो सर्वाधिक छिटो जित पर्दछ । यस अघि रवान्डा र तानजानिले समान ४ बलमा खेल जितेका छन् । नेपालकी ओपनर काजल श्रेष्ठले ५ बलमा ३ चौका सहित १३ रनमा अविजित रहिन् ।

त्यसअघि अन्जलीले अद्भुत प्रदर्शन गरेपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको थियो । नेपालको बलिङ आक्रमणविरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन् । उसका हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्यले खाता खोल्न सकेनन् । अन्जलीले ४ ब्याट्सवुमनलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।

अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् ।

यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । करुणा भण्डारीले २ विकेट हात पारिन् ।

Comments