धरान, १६ मंसिर । निर्वाचन जितेको भनेर फूलमाला र अबिर लगाएका एक उम्मेदवारले माला फुकालेर अबिर पुछ्नु परेको छ । निर्वाचनमा एक भोटले हार वेहोर्दा उम्मेदवारको यस्तो अवस्था आएको हो । चुनाव जितेको भनेर अबिर माला समेत लगाइसकेका उम्मेदवारले मतगणना हुँदा एक मतले तल परेपछि माला फुकालेर अर्कोलाई बधाई दिनुपरेको हो ।

धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा एक जना उम्मेदवारलाई यस्तै भएको छ । मेयरको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारले जित हासिल गरे । तर वडाध्यक्षको मतगणनामा भने उनी पछाडी परे । तर भन्नेले मेयर र वडाध्यक्ष दुवैमा नेपाली कांग्रेसले विजय हासिल गर्यो भनेर प्रचार गरेका कारण वडाध्यक्षको लागि उम्मेदवार बनेकाले माला फुकाल्नु परेको हो ।

धरान वडा नम्बर- ७ मा कांग्रेस उम्मेदवार सुवर्ण पाेलिखे जितको खुसी मनाउँदै। केहीबेर पछि उनी १ मतले पराजित भएको नतिजा आयो। तस्बिर सौजन्य : मिलन विछोड

धरान उपहानगरपालिको मेयर र वडाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको भनेर बिजय जुलुस समेत निकालिंदै थियो । तर एकाएक वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदीले १ मतले जितेको आधिकारिक घोषणा भएपछि कांग्रेसका उम्मेदवारले लगाएको माला निकालेर प्रतिद्धन्द्धीलाई लगाइदिनुपर्यो । यस्तो अवस्थाको सामना गरेका हुन् नेपाली कांग्रेसका उम्मेदवार सुवर्ण पालिखेले ।

निर्वाचन जितेको भनेर विजय उत्सव मनाइसकेपछि उनलाई निर्वाचन आयोगले एक मतले हारेको जानकारी गराएको हो । त्यस पछि उनले आफुलाई लगाइएको अबिर पुछेर लगाएको माला समेत निकालेर प्रतिद्धन्द्धीलाई लगाइदिनु पर्यो । नेकपाका जीवन सुवेदी ६२२ मतले बिजयी भए । पालिखे ६२१ मतमा रोकिए । यस्तो अवस्था आइपरेपछि केही बेर नेपाली कांग्रेसले परिणाम समेत अस्वीकार गरेको थियो । तर, पुनः मतगणना भएन र निर्वाचन अधिकृतले सुवेदीलाई नै विजयीको प्रमाणपत्र दिए ।

धरान उपमहानरपालिकामा २९ वर्षमा पहिलो पटक नेकपाको गढ भत्कियो, कांग्रेसले गाड्यो खम्बा

धरान उपमहानरपालिकामा नेपाली कांग्रेसले खम्बा गाडेको छ । २०४८ सालदेखि निरन्तर तत्कालीन एमालेले जित हासिल गर्दै आएको उक्त क्षेत्रमा यसपटक तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपाले पनि जित हासिल गर्न नसकेको हो ।

उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका हुन । तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५मतान्तरले हराएका हुन्। तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्। औपचारिक मत परिणाम घोषणा हुन बाँकी छ।

तिलकको जितसँगै नेपाली कांग्रेसले बहुदल आएको २९ वर्षमा पहिलो पटक धरान उपमहानगरको नेतृत्व पाएको छ। धरानमा २०७४ को निर्वाचनमा एमालेका तारा सुब्बा विजयी भए पनि उनको निधन पछि उपनिर्वाचन भएको हो। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो।

Comments