पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गए राति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै निधन भएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार भे १ ब १४४८ नम्बरको टिपरलाई ना ४३ प ३३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । निधन हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने २८ वर्षीय नवीन कँडेल र सोही स्थानका ३१ वर्षीय दीपक पन्थ रहेका छन् । सो घटना गए राति भएको थियो ।

चौधरी मृ त फेला : सैनामैना नगरपालिका–४ स्थित रामलखनपुरामा एक मृ’तावस्थामा फेला परेका छन् । कपिलवस्तुका वाणगङ्गा निवासी ४२ वर्षीय जग्गु चौधरीको अत्यधिक म दिरा से वनका कारण निधन भएको इलाका प्रहरी कार्यालय, मुर्गियाले जनाएको छ ।

छाउगोठमा महिलाको निधन : सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको निधन भएको हो ।

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । अछाममा अहिलेसम्म छाउगोमै १४ महिलाको निधन भइसकेको छ ।

ट्र्याक्टरको ठक्करबाट वृद्धाको निधन : माडी नगरपालिका–६ कल्याणपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना वृद्धाको निधन भएको छ ।

इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार निधन हुनेमा माडी नगरपालिका–६ कल्याणपुरकी ९० वर्षीया देवकला खत्री रहनुभएको छ । नम्बर मेटिएको ट्र्याक्टरले खत्रीलाई आज बिहान ठक्कर दिएको थियो । ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा स्थानीय मेडिकलमा निधन भएको प्रहरीले जनाएको छ । खत्रीलाई ठक्कर दिने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मृ तकका परिवारलाई रकम प्रदान : पाल्पा निस्दी गाउँपालिका–४ मित्यालका स्व घनबहादुर सुनारीको परिवारलाई सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखा कार्यालयले रकम प्रदान गरेको छ ।

शाखा कार्यालयले तेस्रो पक्षको बीमा वापतको रु पाँच लाख दाबी रकम प्रदान गरेको हो । सुनारीका धर्मपत्नी विष्णुमाया रुचाललाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाका प्रमुख डोलराज श्रेष्ठले आज कार्यालयमा चेक हस्तान्तरण गर्नुभयो ।

मोटरसाइकलमा बुटवलबाट पाल्पा आउने क्रममा गत भदौ २८ गते सिद्धबाबाको पहिरोमा परेर सुनारीको निधन भएको थियो । सुनारीको ६ वर्षीय र छ महिनाका गरी दुई छोरी छन् । उहाँले सगरमाथा इन्स्योरेन्स कम्पनीमा मोटरसाइकलको तेस्रो पक्ष बीमा गर्नुभएको थियो ।

जलेर दुई घर नष्ट : सल्यानमा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । दार्मा गाउँपालिका–१ सिमलपुरमा आइतबार भएको आगलागीबाट ७५ हजार नगदसहित पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट तसे कामी, कमल विक, अनिल विक र लक्ष्मण विकको घरमा रहेका लत्ता कपडा, भाँडाकुडा अन्नपात तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको पीडित कमल विकले जानकारी दिनुभयो । घरमा कोही नभएको बेला एक्कासी आगलागी भएर घरमा रहेको नगद, आठ आना सुनसमेत नष्ट भएको पीडित अनिल विकले जानकारी दिनुभयो । “घरमा रहेको अन्नपात लत्ता कपडा सबै सकियो अब कसरी परिवारको गर्जो टार्ने, सबैले सहयोग गरेर परिवार बचाइदिनुस्”, पीडित अनिल विकले भन्नुभयो ।

दुईवटा घरमा चार जना परिवार बस्दै आएकोमा आगलागी भएपछि विचल्लीमा परेको र पीडित परिवार आफन्तको घरमा बसेको इलाका प्रहरी कार्यालय फारुलाले जनाएको छ ।

Comments