इटहरी । सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको निधन भएको छ। वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठक्कर दिएको थियो।

विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको निधन भएको हो।

घटना हेर्दा दुबै सवारीसाधन तीब्रगतिमा भएको अनुमान शर्माको छ। उनले दुबै साचारीसाधन ७०-८० किमीप्रतिघण्टाको गतिमा हुनुपर्ने बताए।
उनका अनुसार ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो।

उनले मृ तकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको बताए। एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो।

त्रियुगा नगरपालिका वडा नम्बर १० का ८६ बर्षिय बृद्धा शिवमाया राई, उनका छोरा ५२ बर्षिय तुल बहादुर राईनातीहरु ३४ बर्षिय दुर्गाधन राई ३२बर्षिय टेकेन्द्र राई ज्वाई उद्धब राई भतिज दिनेश राई र एम्बुलेन्स चालक त्रियुगा नगरपालिका ९का राजेश दनुवारको घ टना स्थलमानै निधन भएको हो । त्रियुगा नगरपालिका वडा नम्बर १० मातहतका कार्यालय निजि तथा सामुदायीक विद्यालयहरु एक दिन विदा दिने निर्णय गरिएको छ ।

यो पनि पढ्नुहोस : अस्पतालमा मृ तक श्रीमती छाडेर पति बेपत्ता

आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको निधन भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्से लगेका थिए । श्रीमतीको रगतमा हेमोग्लोबिन कम भई प्रसूति गराउन खतरा रहेकाले जिल्ला बाहिर लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले सल्लाह दिएपछि खर्च खोज्न हिँडेका बुढाथोकी अझैसम्म नआएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विजय मेहताले बताउनुभयो ।

बुढाथोकी र निजका आफन्तको खोजीमा प्रहरी र अस्पतालका सबै कर्मचारी लागेको अस्पतालका कर्मचारी बताउँछन् । आइतबार बेलुकी मात्र मृ तक खोटाङ जिल्ला दिक्तेल मझुवागढी रुपाकोट नगरपालिका दिक्तेलका टङ्कप्रसाद आचार्यकी छोरी भएको खुलेको छ । गाईघाट डिएम गेटका कृष्ण राईका अनुसार अनुसार सो दम्पती त्रियुगा नगरपालिका १२ डिएमगेटको एक घरमा डेरा लिएर बस्दै आएको थियो । भागी बिहे गरेको र श्रीमान्ले श्रीमतीलाई कोठामा राखेर श्रीमान् अन्यत्र बस्ने गरेका कारण स्थानीय छिमेकीले समेत दुवैका बारेमा राम्ररी जानकारी नभएको बताउँछन् ।

नाम थर ठेगानासमेत लुकाएर दुवै गाईघाट बस्दै आएका थिए । प्रेम बुढाथोकी बताउनेले आफ्नो नाम थर र ठेगाना ढाँट्ने गरेका कारण सबै कुरा खुल्न नसकेको डिएमगेटका बासिन्दाको भनाइ छ । मृ तक सुस्मिता भनिने सुष्मा आचार्य भने टङ्प्रसादकी छोरी भएको खुल्न आएको कारण उनका बुबालाई खबर गरेर बोलाइएको जिल्ला अस्पतालका प्रमुख डा मेहताले बताउनुभयो ।

Comments