काठमाडौं, १५ मंसिर । कास्की २ का को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई पराजित गरेकी हुन् । पौडेलले उपनिर्वाचनमा पराजय भएको स्वीकार गर्दै नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जाल मार्फत विद्यालाई वधाई दिएका हुन् ।

खेमराजले मतपरिणाम सार्वजनिक नहुँदै विद्यालाई वधाई दिएका हुन् । उनले विद्यालाई बधाई दिँदा तीन वटा वडाको परिणाम सार्वजनिक हुन बाँकी नै थियो । आफ्नो ट्विटरबाट पौडेलले पराजय स्वीकार गर्दै भट्टराईलाई बधाई दिएका हुन्। उनले लेखेका छन् ुसम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ, विजयी नानीलाई हृदयले बधाई ! राम्रो गर्नु।

कांग्रेस उमेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् । विजयी उमेदवार भट्टराईले मतदातालाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । कास्की-२ मा ६३।४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो ।

कुन ७१ हजार ८७१ मतदाता रहेको कास्कीमा २० हजार ७८४ पुरुष र २४ हजार ७७९ महिलाले मतदान गरेका छन् । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीबाट रविन्द्रपत्‍नी विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेललगायत २१ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए । तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घ टनामा निधन भएपछि कास्की-२ बाट प्रतिनिधि सभाको एक सिट रिक्त भएको थियो । सो पदमा स्व। रविन्द्र पत्नी विद्या विजयी भएकी हुन् ।

Comments