काठमाडौं। १५ मंसीर । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आउन अब मात्र ३५ दिन रहेको छ। धेरै भन्दा धेरै आन्तरिक र बाहिरि पर्यटक नेपालमा भित्र्याउने लक्ष लिएको नेपाल सरकारले नेपालको बिभिन्न ठाउँहरुलाई घुम्नै पर्ने ठाउँ भनेर सुचित गरेको छ। त्यस्तै मध्यको एक ठाउँहो पुर्बी नेपाल इलाम जिल्लामा अवस्थित सुर्योदय नगरपालिका,कन्याम।

कन्याममा भ्रमण वर्षलाई लक्षित गरेर नयाँ नयाँ व्यावसाय संगै होटल व्यावसाय पनि फस्टाउँदै आएको छ। नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० तथा सूर्योदय नगर पर्यटन महोत्सवको अवसर पारेर इलामको सूर्योदय नगरपालिका–६ स्थित कन्याममा होटल ग्रीन कार्पेट सञ्चालनमा आएको छ ।

बिदेशमा गएर आफ्नो सिप र पसिना बाट आर्जन गरेको केहि रकमले नेपालमै केहि गर्ने उदेश्यले युवा व्यवसायी यज्ञराज गिरीले एक करोड ५० लाख रुपैयाँको लगानीमा होटल ग्रीन कार्पेट रेष्टुरेन्ट तथा लज सञ्चालनमा ल्याएका हुन् । उक्त होटेलको उद्घाटनमा प्रदेशसभा सदस्य काजिमान कागतेले होटलको उद्घाटन गरेका थिए ।

होटलको रेष्टुरेन्टमा ५० जना र लजमा २० जनाको क्षमता रहेको होटल सञ्चालक गिरीले बताए । होटलमा लोकल कुखुराको मासु, अर्गानिक सागशव्जी, सुकुटी, सेकुवा र क्याम फायरको व्यवस्था भएको उनले जानकारी दिए । शान्त वातारणमा सञ्चालनमा आएको होटलदेखि माथिको लभडाँडाबाट सूर्योदय दृष्यलोकन साथै नेपालकाको सन्दकपुर, कन्चनजंघा हिमाल, जौवारी, मेग्मागुम्वा, नयाँबजार, पशुपतिनगर, सिद्धिथुम्का, आइतवारेलगायत भारतको खर्साङ, सुनदह, टाइगरहिल गुमपहाड, सिलीगुडी लगायतका स्थानको दृश्यलोकन गर्न सकिने छ ।

प्राविधिक शिक्षा लिने थलो बन्दै रामपुर

–सुशीला रेग्मी
बेझाड, १५ मङ्सिर । केही वर्ष अघिसम्म माध्यमिक शिक्षा हासिल गरिसकेका पाल्पा, रामपुरका विद्यार्थीलाई प्राविधिक शिक्षा कहाँ पढ्ने भन्ने चिन्ताले सताउँथ्यो । कमजोर आर्थिक हैसियतका कारण प्राविधिक विषय पढ्ने इच्छा भएर पनि उनीहरु खुम्चिएर बस्नुपथ्र्यो । समय फेरिएको छ, अब त्यो पिरलो छैन ।

पछिल्लो समय प्राविधिक धार अन्र्तगत विभिन्न विषयका कक्षा सञ्चालनमा आएपछि यहाँका मात्र नभै अन्यत्रका विद्यार्थीको पनि रामपुर अध्ययनको थलो भएको छ । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न पाइने भएपछि अहिले बाहिरबाट रामपुर पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दो छ । रामपुर नगरपालिकाभित्र चार वटा विद्यालयमा प्राविधिक शिक्षाको अध्यापन हुन्छ ।

सिटिइभिटी मार्फत रामतुलसी माविमा तीनवर्षे डिप्लोमा तहमा कृषि बाली विज्ञान, दरैठाँटी माविमा तीनवर्षे सिभिल इन्जिनियरिङ र गंगा माविमा तीनवर्षे पशुविज्ञानका कक्षा सञ्चालित छन् । आधारभूत माविमा भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट कक्षा ९ देखि १२ सम्म पशु विज्ञानको कक्षा सञ्चालन भइरहेको छ । यहाँ पढ्न आउने अधिकाँश विद्यार्थी बाहिरी जिल्लाका छन् । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा पढ्न पाइने भएका कारण सिभिल इन्जिनीयरिङ अध्ययनका लागि हुम्लाबाट रामपुरको दरैठाँटी माविमा आएको सत्यदेवी शाहीले बताइन् ।

“हुम्लाबाट नेपालगञ्जसम्म १२ हजार रुपैयाँ हवाइ टिकट, नेपालगञ्जबाट रामपुरमा आउन गाडीमा रु तीन हजार खर्च लाग्छ, कम शुल्कमा पढ्न पाइने भएपछि रामपुरमै आएकी हुँ” – उनले भनिन्। गुणस्तरीय शिक्षासँगै सस्तो शुल्कमा प्राविधिक शिक्षा पढ्न पाइने भएपछि रामपुरमै आएको इलामका अनिता खड्का बताउछन् । “इलाममा पनि प्राविधिक शिक्षा पढ्न पाइन्छ तर, शुल्क धेरै महङ्गो पर्छ, यहाँ पढाइ राम्रो छ,” उनले भने ।

सिन्धुलीका मनोज विक पनि रामपुरमै तीनवर्षे सिभिल इन्जिनीयरिङ पढ्न आउनुभएको छ । शाही, खड्का र विक प्रतिनिधि पात्र मात्रै हुन् । उहाँहरू जस्ता अधिकाँश विद्यार्थी बाहिरी जिल्लाबाट रामपुर आई आफ्नो भविष्य बनाइरहेका छन् ।सिभिल इन्जिनीयरिङमा दरैठाँटी मावि प्रदेश नम्बर ५ मै उत्कृष्ट नतीजा ल्याउन सफल विद्यालय पनि हो । विद्यालयले २०७२ सालमा महायज्ञ गरी २०७४ देखि सिभिल इन्जिनीयरिङको कक्षा शुरु गरेको हो ।

Comments