काठमाडौं । नेपालका पहाडी जिल्लामा बाँदरले किसानले लगाएका अन्नबाली खाएर हैरान पार्छन । वर्षभरी खान भनेर मेहनत गरेर लगाएको अन्नबाली खाएर हैरान पार्ने बाँदर धपाउन अनेक उपाय अपनाएका हुन्छन् । नेपालमा मात्र होइन अन्य मुलुकमा पनि बाँदरले त्यस्तै हैरान बनाउने गर्छ । बाँदर त जहाँका पनि उस्तै हुन् । जहाँ पनि किसानलाई नै दुख दिन्छन् । नेपालमा कतिपय स्थानमा बाँदरवाट जोगाउने कार्यक्रमका लागि वजेट समेत विनियोजन गरिएको छ । स्थानिय तहमा त्यस्ता कार्यक्रम छन् ।

नेपालको जस्तै हैरानी खेपेका भारत कर्नाटकका किसानले भने बाँदरले गर्ने नोक्सानीवाट अन्नबाली जोगाउन अनौठो उपाय अपनाएका छन् । कर्नाटकका एकजना किसानले अपनाएको यो अनौठो शैलीले सबैलाई चकित पारेको छ । ती किसानले बाँदरबाट आफ्नो बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ जस्तै बनाइदिएका छन् । बाघको जस्तै पेन्टिगं गरेर उनले बाली भएको स्थानमा कुकुरलाई राखिदिने गरेका छन् ।

कुकुरलाई बाघ बनाउन उनले अनेक जुक्ति लगाए । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिएका छन् । जसका कारण त्यो कुकुर ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ । उनको यस्तो जुक्तिले काम गरेको छ । अहिले उनको बाली नोक्सान हुनवाट जोगिन थालेको छ । बाघ बनाइएको यो कुकुरबाट बाँदर तर्सिन थालेको छ । कुकुरलाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरु खेतको आसपास आउन समेत डराएका छन् । ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् । एजेन्सीको सहायेगमा

प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प पीडित लाभग्राही सूचीमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जना भूकम्प पीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचीकृत भएका छन् । पुनरावेदन समितिले प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प पीडितलाई लाभग्राही कायम गरेको हो ।

समितिले एक हजार ५२० मुद्दाको फैसला गरेको सदस्य अधिवक्ता भीष्मराज कडरियाले बताए । उहाँका अनुसार ३८९ लाई गैर लाभग्राही, ३७२ मुद्दा खारेज, ६४ लाभग्राही र १९ मुद्दालाई तामेलीमा राखिएको छ । समितिमा दर्ताका लागि छ हजार ४५ को आवेदन सङ्कलन भएको छ । जाँचबुझ गरी चार हजार ७८५ निवेदन दर्ता भएका थिए । दुई हजार ९२५ मुद्दाको प्रमाण बुझ्न आदेश भएको थियो । दुई सय ११ मुद्दाको प्रत्यार्थी झिकाउनुपर्ने र १२७ मुद्दामा अन्य आदेश दिइएको छ ।

भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा २६ अनुसार समिति गठन भएको हो । पुनर्निर्माणसम्बन्धी कामको पुनरावेदन लिई सुनुवाइ गर्न एवं यससम्बन्धी कामलाई व्यवस्थित गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । समितिलाई प्राधिकरणले गरेका कामको निर्णयका बारेमा सुनुवाई गर्दा उच्च अदालतलाई भएबमोजिमको अधिकार हुने व्यवस्था ऐनले गरेको छ ।

ऐनले सुनुवाइको व्यवस्थापनका लागि समितिको कामकारबाहीमा सङ्क्षिप्त कार्यविधि, २०२८ प्रयोग हुनसक्ने व्यवस्थासमेत गरेको छ । यसैका आधारमा प्राधिकरण पुनरावेदन कार्यविधि, २०७३ समेत तर्जुमा गरेको छ । यसका लागि तीन सदस्यीय समितिको गठन गरिएको छ ।

समितिको अध्यक्षमा आइतबारसम्म न्यायाधीश नरेन्द्रकुमार शिवाकोटी बहालले बताए । पाटन उच्च अदालतका न्यायाधीश शिवाकोटी आजैदेखि सेवानिवृत्त हुन लाग्नुभएकाले काममा बाधा पर्नसक्ने समितिले जनाएको छ । न्यायाधीशले दुई दिनको समयमात्र समितिलाई दिने गर्नुभएकाले पनि फैसलामा ढिलाइ भइरहेको सदस्य कडरियाले बताए ।

Comments