काठमाडौं, १५ मंसिर । सिराह स्थित प्रहरी हिरा सतवाट सात जना थुनुवा फरा र भएका छन् । खाना खुवाउने क्रममा सातजना थुनुवा फ रार भए पछि घट नाको छानविनका लागि समिति गठन भएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारको हिरासत कक्षमा रहेका ११ जना थुनुवामध्ये खाना खुवाउने क्रममा सातजना फ रार भएका हुन् । उनीहरु शनिवार साँझ भागेका हुन् ।

खाना खुवाउने क्रममा भागेपछि घट नाको छानविनका लागि समिति गठन भएको छ ।फरार हुनेमा ला गु औषध मु द्दाका प्रतिवादी १९ वर्षीय नेपाल, मोहमद रियाज मिया, ४५ वर्षीय रामआशिष यादव, २६ वर्षीय रंधिर कुमार यादव छन । यस्तै फ रार हुनेमा २१ वर्षीय गणेश साह,१७ वर्षीय नविन यादव र २० वर्षीय रिशन खड्का छन् । एक जनालाई भने प्रहरीले निय न्त्रणमा लिएको छ । वहु–विवाह मुद्दाका प्रतिवादी २१ वर्षीय संजय यादव लाई प्रहरीले निय न्त्रणमा लिएको हो ।

घट नाको अनुसन्धानका लागि एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन भएको छ । सो समितिले घट नाको छानविन गरेर प्रतिवेदन बुझाउने छ । थुनुवाहरुको बिभिन्न जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न प्रहरी ईकाईहरुबाट प्रहरी परिचालन गरी नाकाबन्दी समेत गरी खोजी कार्य सुरू गरिएको छ । ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा आयोजित दुईदिने ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट ४१८ स्थानीय बासिन्दाले सेवा पाएका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले बेलडाँडीमा दुईदिने गाउँघरमा चिकित्सा सेवा कार्यक्रम सञ्चालन गरी स्थानीय बासिन्दालाई चिकित्सकद्वारा बिरामी जाँच, परामर्श, गर्भवती महिलाका लागि भिडियो एक्सरे, प्रजनन स्वास्थ्य, प्रयोगशाला तथा निःशुल्क औषधि वितरणलगायतको सेवा प्रदान गरेको छ ।

कार्यक्रमबाट महिला २९५, पुरुष १२३ लाई सेवा प्रदान गरिएको डा कपिल जोशीले बताए । यसमध्ये ४१ को रगत परीक्षण गर्दा १५ मा उच्च रक्तचाप, छ जनामा मधुमेह देखिएको बताए । भिडियो एक्सरेद्वारा गर्भवती जाँचसमेत गरिनुको साथै उपचारका लागि पुगेका सबैलाई निःशुल्करूपमा औषधि वितरण गरिएको छ ।

उपचारका लागि पुगेकामध्ये अधिकांशमा श्वासप्रश्वासको समस्या देखिएको छ डा जोशीले भने, “त्यसपछि छालारोग, बालबालिकालाई मौसमी ज्वरो र वृद्धवृद्धामा मधुमेह र उच्च रक्तचापको समस्या देखापरेको छ ।” मातृशिशु मृत्यृदर घटाउन र गर्भवतीको अवस्था थाहा पाउनका लागि जिल्लामै पहिलोपटक गाउँमै भिडियो एक्सरे सेवासमेत सञ्चालन गरिएको कार्यक्रमका प्रमुख डा जोशीले बताए ।

आर्थिक अवस्था कमजोर भएका र विपन्नताका कारण टाढाको स्वास्थ्य संस्थामा उपचार गर्न नपाएका बासिन्दाले घरदैलोमै सेवा पाएका छन्, स्थानीयवासी जनकलाल डगौराले भन्नुभयो, “चिकित्सकीय सेवा गाउँमै पाउँदा सरकार आएको अनुभूति भएको छ ।” अपाङ्गता भएका व्यक्ति, दीर्धरोगी र ज्येष्ठ नागरिक कार्यक्रमबाट बढी लाभान्वित भएको बताए ।

सरकारले यस्ता जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम क्षणिकरूपमा नभई सधैँका लागि पु¥याउनुपर्ने बताए । वडाध्यक्ष बहादुर महराले सञ्चालन भएको दुईदिने कार्यक्रमबाट वडा क्षेत्रका लक्षित वर्गले सेवा पाएको बताए । उपचार कार्यक्रममा तीन चिकित्सकले सेवा प्रदान गर्ए ।

Comments