काठमाडौं, १५ मंसिर । भक्तपुरको निर्वाचन परिणामले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई ठूलो झट्का दिएको छ । सुरक्षित मानिएको भक्तपुरलाई गुमाउनुपर्दा नेकपालाई ठूलो क्षति भएको छ । नेकपालाई यो निर्वाचन परिणामले क्षति मात्र दिएको छैन नेकपाको एकिकरण प्रकृयाको चित्र पनि छर्लगं पारेको छ । यो निर्वाचन परिणाम बाहिरिएसंगै राजनीतिक विष्लेषकहरुले पार्टी मिले पनि मन मिल्न नसकेको भनेर टिप्पणी गरेका छन् ।

शनिबार भएको उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मत ल्याएर नेकपाका उम्मेदवार डीपी ढकाललाई पराजित गरे । यस अघि नेकपाले आफ्नो पकड बनाएको क्षेत्रमा कांग्रेसले नजिता उल्ट्याइदियो । अन्तत नेकपाले हार बेहोर्‍यो ।यसअघिको निर्वाचनमा ९ हजार ७७७ मत ल्याएको कांग्रेसले आफ्नो स्थीति सुधारेर ३६७२ मत बढायो । तर नेकपाले भने झण्डै तीन हजार मत विगारेको छ ।

यसअघि जित हात पारेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भने २ हजार २४३ मत कम भएका कारण हार खानु पर्यो । तत्कालीन नेकपा एमालेका हरिशरण लामिछानेको निधनपछि उपचुनाव भएको हो। अघिल्लो चुनावमा पनि सुरुमा तत्कालीन माओवादीका ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको थियो। लामिछानको बढ्दो लोकपृयतालाई ध्यानमा राखेर लामिछानेलाई नै टिकट दिइएको हो । सर्वसाधारणले चर्को विरोध गरेपछि मात्र लामिछानेले टिकट पाएका थिए ।

यसपटक पनि उम्मेदवार छनौट गर्दा विवाद भएको थियो । तत्कालीन माओवादीबाट ढकाललाई उम्मेदवार बनाउँदा तत्कालीन एमाले पक्षधरले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए। स्वर्गीय हरिशरण लामिछानेकी पत्नीसहित पूर्वएमालेका कैयौँ नेताहरू उम्मेदवारको दौडमा रहेका बताइएको थियो। तर उम्मेदावारको निर्णयमा पार्टी अडिग रह्यो।
कार्यकर्तामा पूर्व एमाले र माओवादी भन्ने भावनाले भक्तपुरमा काम गरेको देखिन्छ । जसको असर निर्वाचन परिणाममा पर्यो । नेकपाले सुरक्षित ठानेको प्रदेश सभा गुमाउन पुगेको छ । यसले १८ महिनाअघि एकीकृत भएको नेकपा बाह्यरूपमा मिले पनि आन्तरिक रूपमा मिलेको छैन भन्नेसन्देश प्रवाह गरेको छ ।

निर्वाचन परिणाम पछि नेकपाकै नेताहरुले पार्टीभित्र मन मिल्न नसकेको स्वीकार गरेका छन् । ूपार्टी एकता प्रक्रिया ढिलो भएको कारणले गर्दा तल्लो तहसम्म पूर्वएमाले र पूर्वमाओवादीबीचको एकताको प्रभाव दिन नसकेको कारण यस्तो परिणाम आएको नेकपाका नेता महेश वस्नेतले बताएका छन् । उनले उम्मेदवारका विरुद्ध पनि व्यक्तिगत खालका गुनासोहरू भएकाले यस्तो परिणती भोग्नुपरेको टिप्पणी गरेका छन् । कार्यकर्ता तहमा त्यो गुनासो साम्य पार्‍यौँ तर जनताको तहमा रहेको त्यो भावना भत्काउन नसक्दा चुनावी परिणाम अनुकूल हुन नसकेको हो। उनले भने । नेकपा भक्तपुरमा एकतापछि पनि पूर्वएमाले र पूर्वमाओवादी भन्ने भावना कायम रहेको उनको भनाइबाट बुझिन्छ।

“अघिल्लो निर्वाचनमा उमेदवार बनेका हरि गुरु (हरिशरण लामिछाने) अत्यन्त लोकप्रिय थिए । तर उनको लोकप्रियतालाई अहिलेका उम्मेदवार ढकालले कायम राख्न सकेनन् । उनले पार्टी कार्यकर्ताको भोट पाए पनि सर्वसाधारणको भोट भने आकर्षण गर्न सकेनन् ।

Comments