काठमाडौँ –  अग्लो कद, आकर्षक जिउडाल, भलिबल मैदान बाहिर गएर अर्कै पहिरनमा सजिनु पर्छ उनलाई सबैले भलिबल खेलाडी भन्दा पनि मोडल नै ठान्दछन् ।

उनलाई आजसम्म जस्तो सम्मान मिल्यो त्यो भलिलबाट नै मिल्यो। २४ वर्षकी रेश्मा भण्डारी, रेश्मा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ महिला टिमकी भरपर्दो खेलाडी हुन, सथै नेपाली महिला भलिबल टोलीकी पनि। कक्षा ६ मा पढ्दै गर्दा उनलाई भलिबल खेल्ने अवसर अयो जतिबेला उनि भलिबल खेलको बारेमा अनजान नै थिईन्।

न्यू डायमन्ड एकेडेमी उनको भलिबलको पहिलो पाईला हो । केहि समय न्यू डायमन्ड एकेडेमीमा भलिबल खेलेकी उनले मध्यमाञ्चलबाट छैटौं राष्ट्रिय प्रतियोगिता खेलिन्।जुन उनको एकेडेमीमा रहदाँको सबै भन्दा ठुलो प्रतियोगिता पनि हो । सट, ब्लक र डिफेन्स यी तीनै पक्षमा पोक्त रेश्मालाई १२ पास गरेपछि २०६९ सालमा सशस्त्र प्रहरीको एपीएफ क्लबमा खेल्ने अवसर आयो।

एपीएफका प्रशिक्षक ज्ञानेन्द्र विष्ठ र कप्तान बिनिता बुढाथोकीको आग्रहमा उनि एपीएफसँग जोडिन पुगिन् । २०६९ सालमा एपीएफमा पुगेकी रेश्मा अहिले टोलीको लागि एउटा शसक्त खेलाडीको रुपमा रहेकीछिन्।पहिले सोचे खेल क्षेत्रकै कोहि मान्छेसंग जीवन बिताउनु पर्ला भन्ने । खेल क्षेत्र भन्दा बाहिरकै मान्छेले मलाई खुसी बनाउन सक्छ भने म पछि किन हट्नु भन्ने भयो । पहिले केहि वर्षसम्म भलिबलसंगको प्रेम सम्बन्धमा थिए । अब भलिबलसंगै बास्तविक जीवनको प्रेम सम्बन्धमा छु ।

कहि कतै गयो भने सबैले रेश्मालाई एउटै प्रश्न सोध्छन् । ‘तिमि मोडल हो ?’ मनमा एक प्रकारको रहर जाग्छ । म पनि त नायिका बन्न सक्छु होला । मोडल बन्न पनि रहर छ । आखिर सबैमाझ परिचित हुनु न हो । एक ताका मैले पनि मोडल भएर फोटो सुट गरेकी थिएँ । सबैले सोचे म मोडलनै हो भन्ने । तर, भलिबलमा केहि बाधा पुग्छ जस्तो लाग्यो । त्यसबारे धेरै सोचिन त्यसपछि ।

आज भोलि हरेक दिन एक म्युजिकल्लिमा भिडियो बनाउने गर्छु। अर्काको जस्तै अभिनय गर्दै भिडियो बनाउँछु। कतिबेला त म हिरोइन नै हुँ भन्ने फिलिङ आउँछ मनमा । मरो फलोअर्सले पनि अभिनय राम्रो भएको सुझाव दिन्छन् । त्यसैले राम्रो हिरो भएको र राम्रो निर्माताले बनाउने चलचित्र भए अवश्य खेल्ने छु ।

म सानै देखि अलि घमण्डी पारको थिएँ। अहिले पनि त्यस्तै छु । सकरात्मक कुरामा मात्र घमण्डी छु। त्यसैले भलिबल कोर्ट पुगेपछि सबै खेल मैले जित्नु पर्छ भन्ने हुन्छ । संयोगवस जितिन्छ पनि । जीवनका केहि कुरामा पनि जिद्धी धेरै गरेकी छु।मेरो घरमा चार जनाको परिवार छ। बुबा, आमा, बहिनी र म। सानो परिवार छ। खुसी नि छौँ। मलाई भलिबल खेल्ने देखि लिएर जीवनका हरेक पाटोमा परिवारले धेरै सहयोग गर्नुभएको छ।

फेसबुकमा धेरै म्यासेज पनि आयो। कतिले त मन पराउछु पनि भनेका छन्। म्यासेन्जरको धन्टी पनि कम्ता बज्छ त। कहिले त आज गरेको म्यासेज खोज्न नै पाँच मिनेट लाग्छ । फेसबुकबाट पनि कमैको प्रपोज आएको होईन । तर, माया गर्छु भन्दैमा माया हुन्छ र।सशस्त्र प्रहरी बलको एपीएफ विभागिय टोलीमध्येको कान्छो टोली हो । एपीएफ हाल भलिबलमा बलियो टोलीको रुपमा रहेको छ । रेश्माले २०६९ सालमा एपीएफमा पाईला टेकिन् । संयोग पनि यहि जुर्‍यो कि सोहि वर्षदेखी नेपाली महिला भलिबलमा एपीएफले राज गर्दै आईरहेको छ ।

एपीएफमा प्रवेश गर्नुअघि रेश्मा भलिबल खेलमा त शसक्त थिइन् तर प्राविधिक कुरामा भने त्यति धेरै ज्ञान उनलाई थिएन । एपीएफले उनलाई धेरै कुराको ज्ञान दियो । रेश्मालाई एपीएफ टोली एउटा परिवार जस्तो पनि लाग्छ । एसएलसी पछि नै एपीएफमा छिरेर होला उनलाई टोलीका सबै खेलाडी आफ्नो समान लाग्छ ।

‘म एउटा परिवारमा छु, जहाँ मलाई कहिले अनौठो र एक्लो महशुस भएन, लाग्छ एपीएफ मेरो कलेज हो, खेलाडी सबै क्लास मेट हुन् ।’ उनी भन्छिन्। सन् २०१४ को कुरा हो। नेपालमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण भलिबलका लागि नयाँ राष्ट्रिय टोली बन्यो । त्यस टोलीमा रेश्मा, सरस्वती, नेविका लगायतले स्थान बनाए।पहिलो वर्ष नै भएको खेलमा नेपाली युवाले श्रीलंकालाई पराजित गर्दै दोस्रो स्थान हात पार्‍यो।

त्यस्तै रेश्मा खेलाडी मात्र होइनन् उनी सामाजिक संजालमा सेलिब्रेटी भइसकेकी छिन् । म्युजिक भिडियो खेल्ने रहर बोकेकी रेश्मालाई अभिनय गर्न मन पर्छ । उनले टिकटकमा धेरै भिडियोहरु अपलोड गरेकी छिन् । यतिमात्र होइन उनको इन्स्टाग्राममा धेरै तस्वीरहरु छन् जसलाई हेर्दा उनी कुनै खेलाडी नभइ मोडल नै हुन् जस्तो लाग्छ । उनी आफैंले पनि आफू खेलाडी नभएको भए मोडल नै बन्थें होला भन्ने गर्छिन् । अग्लो कद, मिलेको शरीर र सुन्दर मुहारले गर्दा उनको सुन्दरताको तारिफ नगर्नेहरु शायदै होलान् । उनलाई फिल्मको लागि पनि अफर आएको हो तर उनले आफूलाई फिल्मको लागि तयार भइसकेको जस्तो ठानिन् । म्युजिक भिडियोमा भने काम गर्ने उनको रहर छ । हेरौं उनका सुन्दर तस्वीरहरु –

Comments