एजेन्सी । प्रेममा आधारीत अधिकांह फिल्महरुमा नायक र नायिकाको अन्तरं’ग दृष्य राखिएको हुन्छ । प्रेम झल्काउने दृष्यका रुपमा राखिने अ’न्तरं’ग दृष्यका कारण हिन्दी फिल्ममा धेरै नायकहरु समस्यामा परेका छन् । नायीकाहरुसंगको अ’न्तरं’ग दृष्य दिने क्रममा आफ्नो हो’स गुमाउँदा नायकहरु समस्यामा पर्ने गरेका छन् । हिन्दी सिनेमामा दिग्गज नायकहरुले यस्ता समस्याको सामना गरेका छन् ।

सुटिङका क्रममा आफुलाई सम्हाल्न नसक्दा लज्जीत हुनुपर्ने अवस्था आउँछ । यस्ता केही सार्वजनिक भएका घटनाका बारेमा यहाँ चर्चा गर्न खोजिएको छ । फिल्म निर्देशकले कट भन्दा पनि होस गुमाएका नायकहरुले नायिकालाई निकैबेर अंगालोमा कसेका हुन्छन् । त्यस्तै एउटा घटना रेखाको जीवनी ट्वेन्टी फाइभ इयर्स अफ अ स्पेशल मा भएको बताइन्छ । लेखक दिनेश रहेजाले आफ्नो पुस्तकमा यो कुरा उल्लेख गरेका छन् । त्यती बेला रेखा मात्र १५ वर्षकी थिइन् । उनले रेखालाई उद्धृत गर्दै लेख्छन्, ‘मलाई यसबारे केही थाहा थिएन । म अचम्मित भएकी थिएँ । त्यतिबेला मेले जे महसुस गरेँ त्यसलाई केही कुराले पनि क्षतीपूर्ती दिन सक्दैन ।’ उनले त्यो कुराले आफुलाई दुखी तुल्याएको बताएका छन् ।

सन् १९६९ मा रिलिज भएको फिल्म ‘अनजान सफर’ को सुटिङको क्रममा रेखा माथि त्यस्तो घटना भएको थियो । मुम्बईको महबूब स्टुडियोमा फिल्मको दृष्य लिइदै थियो । एक दृश्य सुटिङ गर्ने क्रममा निर्देशकले एक्सन भन्ने बित्तिकै तत्कालीन चर्चित अभिनेता विश्वजीतले रेखालाई अँगालो हालेर सु’म्सुम्या’उन थाले । तर निर्देशकले १५ पटक कट भन्दा पनि उनले रेखालाई छोडेनन् । रेखा डरले रुन थालेकी थिइन् ।

भर्खर १५ वर्ष लाग्दै गरेकी रेखा डरले रातोपिरो भइन् उनका आँखावाट आँशु बगिरहेको थियो । तर उनले रेखालाई छोडेनन् । यासिर उस्मानले त्यो दृष्य वारेमा आफ्नो किताब ‘रेखाः एक पहेली’ मा लेखेका छन् । नायकले हो’स गु’माएको देखेपछि फिल्मका कास्ट र क्रु उभिएर ताली बजाइरहेका थिए । निर्देशक राजा नवाथेले १५ पटक कट भने तर नायकले रेखालाई छोडेनन् । मानिसहरु हाँ’सिरहेका थिए र रेखाको आँखामा आँ’सु थियो ।’

रेखा आफै पनि यो घटनाका बारेमा ब्याख्या गरेकी छन् । रेखाले रेन्डिवू विद सिमी ग्रेवालमा भनिन्, ‘म त्यतिबेला हरेक दिन रुने गर्दथेँ । म १५ वर्ष पनि पुगेकी थिइनँ । मलाई यस्तो लुगा लगाउन भनिन्थ्यो जुन मलाई मनै पर्दैनथ्यो ।’

फिल्म ‘दयावन’ को गीत ‘आज फिर तुमपे प्यार आया हे’ को सुटिङको क्रममा त्यती बेलाका चर्चीत नायक विनोद खन्नाले आफ्नो नियन्त्रण गुमाएका थिए । उनले माधुरी दिक्षितसंगको दृष्यका क्रममा हो’स गुमाएका हुन् । त्यो अवस्था पछि उनले माधुरीसंग थुप्रेपटक माफि समेत मागेको बताइन्छ । माधुरीसंग अर्को पनि घटना भएको छ । खलनायकको रुपमा आफूलाई स्थापित गरेका रंजितले माधुरी दीक्षितसँगको एक करणीको दृश्यमा आफ्नो नियन्त्रण गुमाएका थिए । त्यसबेला माधुरीले निकै मेहनत गरेर आफूलाई बचाएकी थिइन् ।

विनोद खन्नाले उनको फिल्म ‘प्रेम धरम’ का लागि डिम्पलसँग एउटा इन्टिमेट दृश्य सुटिङ गर्दा पनि विनोद खन्नाले त्यस्तै अवस्थाको सामना गर्नुपर्यो । यतिबेला निर्देशक महेश भट्टले कट–कट भन्दासमेत उनी डिम्पललाई लगातार चुम्बन गरिरहेको बताइन्छ । डिम्पलले नायकसंग काम गर्न अस्विकार गरेपछि निर्देशकले फकाउनु परेको थियो ।

आफ्नो जमानाकी निकै सुन्दर नायिका जया प्रदासँग सुटिङका बेला खलनायकको रुपमा स्थापित दिलिप ताहिलले आफ्नो नियन्त्रण गुमाउँदा लज्जीत हुनुपरेको थियो । जया प्रदाले दिलिपलाई थप्प’डसमेत हा’नेकी थिइन् ।

यि भए पुराना चलचित्रका कुरा । वर्तमान अवस्थाका नायक र नायीकामा पनि यस्ता घटना हुने गरेका छन् । सिद्धार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डिसले पनि यस्तै अवस्थाको सामना गरेका छन् । मिडियामा यसबारे निकै हो–हल्ला मच्चिएको थियो कि फिल्म ‘ए जेन्टलम्यान’ को सुटिङका बेला किसिङ सीनमा निर्देशकले कट भन्दासमेत उनीहरु एक–अर्काबाट अलग भएका थिएनन् ।

Comments