काठमाडौं । नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले प्रमुख प्रतिपक्षी दल कांग्रेस राम्रो कुराको जस मात्रै लिन थालेको आरोप लगाएका छन् ।

क्यानाडानेपालसँग कुरा गर्दै उनले पटक पटक सरकारमा गएको कांग्रेसले अहिले राम्रो पक्षकोमात्रै जस लिने र अपजस भने सत्तारुढ नेकपालाई लगाइरहेको आरोप लगाए । सरकारमा धेरै समय बस्दा विकास निर्माणको काम थालेको र अहिले त्यसैले पूर्णता पाइरहेको भन्दै कांग्रेसका नेताहरुले जस लिने गरेको दीक्षितको भनाइ छ । तर, लिम्पियाधुरा, लिपुलेक र कालापानीको ३७२ वर्ग किलोमिटर नेपालको अतिक्रमित भूमि भारतले आफ्नो नक्सामा समेटेको विषयमा सत्तारुढ नेकपालाई गाली गरेर कांग्रेसले अपजस लिन नचाहेको दीक्षितले आरोप लगाए ।

एक अर्काे प्रसङ्गमा उनले पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अस्तित्व रक्षाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा मानेर अघि बढ्नुको विकल्प नरहेको टिप्पणी गरे । ओलीले भनेका कुरा मानेर हिँड्नु पर्ने बाध्यताअनुसार नै प्रचण्डले देखावटी कार्यकारी अध्यक्ष लिएका उनको आरोप छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रधानमन्त्री ओलीको स्वास्थ्य, प्रचण्ड, बाबुराम भट्टराईलगायत राजनीतिक नेताहरुको क्रियाकलापसहित विभिन्न समसामयिक विषयमा डा. दीक्षितसँग क्यानाडानेपालका सन्तोष निरौलाले लिएको यो अन्तर्वार्ता:

सीमा विवादबारे नेकपाकै नेता भन्छन्– छिमेकी बदल्न सकिँदैन, छिमेकीको बानी बदलौं

नेपालको पश्चिम सिमाना महाकाली नदी हो । महाकाली नदीको मुहान लिम्पियाधुरा हो । काली (कुुटीयांक्ति) नदी लिम्पियाधुराबाटै बगेर आउँछ भन्ने कुरामा कुनै भ्रम छैन । नेपालसँग भएका सन्धि सम्झौता, ऐतिहासिक नक्सा, पत्राचार, जनगणना लगत, तिरो तिरानका रेकर्डहरु र जलविज्ञानको आधार समेतले लिम्पियाधुराबाट बग्ने कालीनदी नै नेपालको सीमा नदी हो भन्नेकुरा स्पष्ट छ ।]

भारतले केही दिन अगाडि नेपाली भूभागलाई भारततर्फ पारी एकपक्षीय रुपमा नक्सा प्रकाशन गरेपछि भारत सृजित नेपालको पश्चिम सिमाना समस्या विवादका रुपमा सतहमा आएको छ । यस विवादले नेपालले आफूसँग भएका तथ्य तथ्यांक र प्रमाणहरुका आधारमा आफ्नो दावी प्रस्तुत गर्ने र स्थायी समाधान खोज्ने बाटो खुलेको छ । यसका लागि नेपाल सरकारले अबिलम्ब निम्न बमोजिम तयारीका कामहरु गर्नुपर्दछ ।

१. प्रविधिक तयारीः नेपाल भारतकाबीच सीमा सम्बन्धी भएका सन्धिसम्झौताहरु, ऐतिहासिक नक्सा, पत्राचार,जनगणना लगत, तिरोतिरानका रेकर्डहरुका आधारमा नेपालको नक्सा प्रकाशन गर्ने ।

२. प्रशासनिक तयारीः नेपाल सरकारका प्रशासनिक ईकाईहरु सीमा क्षेत्रमा व्यवस्थित गर्ने । सशस्त्र प्रहरी बल, नेपाली सेनाको युनिटहरु अबिलम्ब सीमा क्षेत्रमा राख्ने । दशगजा क्षेत्रभित्र रहेको भारतीय सुरक्षा फौजलाई दसगजा बाहिर हटाउने । तिंकरमा भन्सार र सीमा कार्यालयहरु स्थापना गरी अबिलम्ब सञ्चालनमा ल्याउनु पर्दछ ।

३. राजनीतिक र कूटनीतिक तहको कामः भारतका तर्फबाट नेपालको विभिन्न स्थानमा दशकौंदेखि सीमा मिचिदै आइरहेको छ । मुलतस् यो भारतको हेपाह र मिचाह प्रवृत्ति हो । सीमा सम्बन्धी प्राविधिक विषयहरु र भारतीय नियतसँग सम्बन्धित विषयहरु खालि कार्माचारीको तहबाट छलफल गरेर समाधान सम्भव छैन । राजनीतिक उच्च तहबाट गम्भीर पहल लिन विलम्ब गर्नु हुँदैन । हामी भौगोलिक हिसाबले छिमेकी त बदल्न सक्दैनौं तर छिमेकीको बानी बदलौं ।

नेपाल सरकारले त्यस क्षेत्रको भौतिक पूर्वाधारको विकासमा समेत व्यवस्था गरेको छ । मिति २०७६ कार्तिक २५ गते दार्चुलाका सांसद गणेश ठगुन्नाले उपप्रधान तथा रक्षामन्त्रीसमक्ष पेश गरेको मागले प्रष्ट गर्दछ । दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं.१ छाङ्गरु र तिंकरका जनता दार्चुला सदरमुकाम आउने बाटो नभएकाले भारत सरकारसँग अनुमति लिई भारतको बाटो भएर आफ्नो जिल्ला सदरमुकाम आउनु पर्ने बाध्यता कायम छ । व्यास गाउँपालिकाको वडा नं. १ छाङ्गरुबाट वडा नं. २ दुम्लिङ्गसम्म घोडेटो बाटोसम्म खोलिदिएको खण्डमा भारतको अनुमति लिएर प्रशासनिक काम र बजारका लागि जिल्ला सदरमुकाम आउने समस्याबाट यस क्षेत्रका जनता मुक्त हुनेछन ।

मोटर बाटो बन्न समय लाग्ला तर घोडेटो बाटो बनाउने काम नेपाल सरकारले अविलम्ब शुरू गरोस् ।नेपाल सरकारले आफ्नो प्रविधिक, प्रशासनिक र राजनीतिक तयारीका साथ कूटनीतिक पहल गरोस्, सीमा समस्या समाधान गर्न सम्भव छ ।

(आचार्य सत्तारुढ नेकपाका केन्द्रीय सदस्य हुन् ।

Comments