पुर्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उशाना लैला ‘बबा’ शाहको चर्चा नेपालमा चुलिदैँ गएको छ । राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरे । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् । जेठि श्रीमति प्रेक्षा शाहबाट उनको तीन छोरीहरु छन् । प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलको बहिनि हुन् । उनको तर्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो । त्यस्तै, माइलि श्रीमति जया पाण्डेको श्रेया शाहको जन्म भएको थियो ।

सर्लिन ग्रेनेसँग विवाह गरेपछि धिरेन्द्रलाई अधिराजकुमारको पदबाट मुक्त्त गरिएको थियो । सलिर्नन र धिरेन्द्रबाट एक छोरीको जन्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् । अहिले उनै उशाना समाजिक संजालमा भाइरल भइरहेकि छिन् । युट्युबर उशानाले विभिन्न भिडियो बनाउने गरेकि छिन् । तौल बढेपछि दुब्लाउनकालागि गरेका प्रयासहरुलाई उशाना युट्युबमा हाल्छिन् । उनले समाजिक संजालमा सार्वजनिक गरेको तस्बिरहरु अहिले भाइरल भइरहेको छ । कतिपयले यो भिडियोमा पुर्व अधिकारजकुमार धिरेन्द्रकि छोरी होइनन् भन्दै कमेन्ट गरेका छन् ।  हेरौँ उनका तस्बिर र भिडियोः

राजपरिवारकी सदस्य श्रेया शाहले मानसिक तनावमा !

तत्कालीन राजपरीवार सदस्यलाई नै अहिले नेपालको नागरीकता लिन समस्या भएको छ भन्दा अनौठो लाग्न सक्छ तर तत्कालिन अधिराजकुमार धिरेन्द्रकी छोरी श्रेया राज्यलक्ष्मी शाहले नागरिकता पाउँ भन्दै दौडिएकी महिनौँ बितीसक्यो ।

८ बर्षको उमेरमा नै नाबालक परीचय पत्रको आधारमा राहधानी बनाएर आमा जया पाण्डे शाहसँग अमेरीका पुगेकी श्रेयालाई अहिले एमआरपी पासपोर्ट चाहिएको छ । जसका लागि नेपाली नागरीकता अनिवार्य छ ।

उनी नेपालको तत्कालीन राज परीवारको सदस्य भएर पनि काठमाडौ महानगरपालिका ३ न वडा कार्यालयले सिफारीस नदिएको कारण उनको नागरीकता बनेको छैन । नेपालीको पहिचानमै जिउन आँफुले अमेरीकी नागरीकता समेत नलिएकी उनी अहिले बिदा मनाउन नेपाल आएपछि फर्किन पाएकी छैनन् । उता उनको कलेज सुरु भएको छ भने यता नागरीकता नपाउँदा मानसिक तनाव छ ।

उनी पटक पटक कामाडौं महानगर पालिका ३ का वडा अध्यक्ष दिपक केसीलाई भेट्न वडा कार्यालय गहिरहन्छिन तर उनको जवाफ तिमी धिरेन्द्रको छोरी हैन सिफारीस दिन मिल्दैन भन्दै हकारेर पठाउँछन् ।

यो बिषयमा हामीले वडा अध्यक्ष दिपक केसीसँग बुझ्दा कानुनी रुपमा उनका बुवा धिरेन्द्र र आमा जया श्रीमान श्रीमती हुन भन्ने नदेखिएपछि सिफारीस दिन नसकिएको बताउँने गरेका छन् ।

तर धिरेन्द्रले २०४४ सालमा नै जया पाण्डेसँग मन्दिरमा बिहे गरेरका थिए । त्यसको एक बर्षपछि २०४५ साल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा श्रेयाको जन्मभएको थियो । अस्पतालले दिएको बर्थ सर्र्टीफिकेटमा आमाको नाम जया पाण्डे र बाबुको नाम धिरेन्द्र विर विक्रम शाह उल्लेख गरीएको छ ।

यती मात्रै होइन उनले पढेको रातो बंगला स्कुलको रेर्कडमा समेत बाबु धिरेन्द्र विर विक्रम शाह र आमा जया शाह उल्लेख गरीएको छ । उनका बाबु धिरेन्द्र शाह दरबार हत्याकाण्डमा ज्यान गुमाएका थिए । छोरी ठुली भै अब सँगै बसौँ भनेर अमेरीका बाट श्रेया र जया फर्किने तयारी गर्दा गर्दै यता दरबार हत्याकाण्ड भएको थियो ।

खाटा बस्न लागेको कहाली लाग्दो इतिहासको घाउ, बाबु जिवित नभएकै कारण नागरीकता नपाउँदा अहिले दिन रात चस्की रहेको छ श्रेयालाई ।

नागरिता पाउनु भन्दा बढी पीडा श्रेयालाई त्यतीबेला भयो जव उन्लाई तिमी धिरेन्द्रकी छोरी नै होईन भनियो । अहिले आँफु धिरेन्द्रकी छोरी प्रमाणित गर्न डिएनए टेष्ट गराउन पनि तयार रहेको बताउँछिन् ।

Comments