बिष्णु पोखरेल / ‘पिपलको मिर्गौलाले काम गरेनछ, स्याहार पुगेन सुकिहाल्यो मैले स्याहार पाएकाले हट्टाकट्टा छु ।’

यो भनाई हो हाम्रा प्रधानमन्त्री केपी ओली ज्युको १ उहाँले बालुवाटारको बगैंचामा रहेको पिपलको बोट नेताहरुलाई देखाउदै भन्नुभएको कुरा हो यो । पिपल सुकेछ, सुकेको बोट हेर्दै यस्तै भन्दै हुनुहुन्थ्यो र साथमा रहेका वरिष्ठ नेताहरुलाई देखाउदै यसले उचित स्याहार पाएन सुक्यो, उचित स्याहारसुसार जरुरी छ, नत्र पिपलको बोट मात्रै हैन कुनै दिन पुरै बगैंचा पनि सुक्न सक्छ, प्रधानमन्त्रीको कथन थियो १ साथमा अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेवाङ लगायत हुनुहुन्थ्यो ।

आत्मविश्वाश र क्रियाशीलताका धनी प्रधानमन्त्री केपी ओलीको यो भनाईमा अलिकति व्याखा गर्ने हो भने हाम्रा अस्पतालमा उचित स्याहारसुसार नपाएका पिपल र अझ अस्पतालमा पुग्न पनि नसकेका उत्तिससाल रुपी धेरै बिरामीको कुरा आउन सक्छ, अझै अघि बढने हो भने, हाँगा बिगासमेत चोईटिएका अपाँगता भएका व्यक्तिको कुरा आउन सक्छ, सडक बालबालिकाको कुरो आउन सक्छ, उनिहरुको समुचित औषधि उपचार र आवश्यक स्याहारसुसारको कुरा आउन सक्छ १ के छ त यथार्थमा भन्ने खुल्दुली हुन सक्छ ।

नेपालमा निजी मेडिकल कलेजहरु स्थापना र यिनका शिक्षण अस्पतालबाट सेवा सुचारु गर्न थालेपछि तथा केही विशेषज्ञ अस्पताल खुलेपछि मुलुकको स्वास्थ्यको अवस्थामा सुधार मात्रै हैन सरकारी अस्पतालहरुमा चाप पनि उल्लेख्य घटेको छ। उपचारका लागि विदेशमा दुख पाउने क्रम कम मात्रै भएको छैन मुलुकको ठुलो धनराशि पनि बाहिरिन परेको छैन । यद्यपि निजी अस्पतालहरुको उपचारको गुणस्तर कम छ, परामर्शमा सन्तोसजनक कुरा आउदैन, अनावश्यक जाँच तथा महगा औषधि सिफारिस हुन्छ, तथा सेवा शुल्क र बेडचार्जमा मनपरि भयो भन्ने गुनासो पनि आएका छन ।

सामाजिक सुरक्षाको प्रत्याभुति दिन स्वास्थ्य, शिक्षा, यातायात, बत्ती, पानी जस्ता आधारभुत सेवा सरकारले नै दिने सैद्धान्तिक पक्ष रहन्छ । राजनीति गर्नेले यी सेवा सरकारले निशुल्क उपलब्ध गराउछ भनेर जनतालाई पटकपटक भनेका हुन्छन, स्कुल, कलेज देखि विश्वविद्यालयसम्म यसैमा केन्द्रित गराईन्छ । गास, बास, कपास भन्ने थेगो बदलेर शिक्षा,स्वास्थ्य र सर्वाङ्गिण विकास राज्यको भनिन्छ, तर व्यवहारमा झन पछि झन निजी क्षेत्रमै बजार फैलाईएको छ ।

नेपालका ७७ जिल्लामा धेरैजसोमा जिल्ला अस्पताल, सबै अन्चलहरुमा ठुला अस्पताल छन, कुनै क्षेत्रीय, प्रदेश स्तरीय या रिफरल क्षमता भएका अस्पताल छन, स्थानीय तहहरुमा प्राथमिक स्वास्थ्य केन्द्र, हेल्थ पोष्ट या बर्थिङ सेन्टरहरु छन, कतै ईलाका स्वास्थ्य केन्द्र पनि छन, समग्रमा मुलुकको आधारभुत सेवा प्रवाहमा यति ठुलो सरकारी संरचना स्वास्थ्य बाहेक अरु विषयमा छैन पनि १ यति ठुलो संरचना र सेवाको विस्तार भएता पनि पिपलको बोटले समुचित स्याहार किन पाएनन सोचनिय, मननीय छ १

यहाँ चुनौति पनि उत्तिकै छन, जटिल रोगको सहुलियत पनि बढदो क्रममा छन, सुत्केरी, खोप, सचेतनाका कार्यक्रमका आयतन पनि दैनिक बढदै छन । सडक दुर्घटना र दैवीप्रकोप पनि बढदै छन या यस्ता ईभेन्टमा सार्वजनिक चासो बढदो छ । स्वास्थ्य सेवाको सचेतना बढे संगै सेवाग्राही पनि ह्वात्तै बढेका छन, यसरी स्वास्थ्य सेवाको आयतन बढनु निकै सराहनीय परिणाम हने, यो आयतनसगै सरकारी स्वास्थ्य संयन्त्रको क्षमता पनि बढनु पर्छ, सेवाको स्तर पनि बढनु पर्छ । के यसमा हाम्रो सरकार दत्तचित्त छ १ के दीर्घकालीन योजनामा यी सब समेटिएका छन१ सोचनिय छ १

जे भए पनि घुमाउरो तरिकाले प्रधानमन्त्रीले स्याहारसुसार पाए दीर्घ जिवी भईदो रैछ भन्ने स्पष्ट बुझ्नु भएको छ, उहाँले अब अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेवाङलाई जस्तै अब स्वास्थ्य मन्त्री लगायत सबै उच्च पदस्थ कर्मचारी र संयन्त्रलाई बुझाउनु पर्छ, अनि हाम्रो स्वास्थ्य संरचना र नियामक निकायले केन्द्र, प्रदेश र स्थानीय तहसम्मका कार्यस्थलमा सम्प्रेषण गर्नु पर्छ र समग्रमा हाम्रो मुलुकका सबै सेवाग्राहीलाई समुचित सेवा सुश्रुवा र स्याहारसुसार मिल्नु पर्छ १

पिपलको त मिर्गौला हुदैन । मान्छेको मिर्गौला हुन्छ, यो मिर्गौला लगायत अरु सबै अङ्गको उपचारमा सहजता हुनुपर्छ १ चाहे सरकारी होस या निजी अस्पताल उपचारमा समान पहुँच हुनु पर्छ । आर्थिक अभावका कारण उपचार गर्न सम्भावना नहुने अध्यारो हटनु पर्छ १ बीमा या सामाजिक सुरक्षा कार्यक्रम जे जसो तरिका अपनाएर भए पनि राज्यले नागरिकको स्वास्थ्यको हेरचाह गर्नै पर्छ !

(लेखक नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारी हुन)

Comments