काठमाडौं । तेस्रो मुलुकसँग व्यापार तथा पारवाहनमा पुहँच विस्तार गर्न नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज संचालन गर्न भारतसँग सहमति भएको छ ।

राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन द्विपक्षीय बैठकमा यस्तो सहमति भएको हो । नेपाली झन्डासहितको पानीजहाज संचालनपछि आयातनिर्यातमा नेपालको पहिचान झल्किने विश्वास गरिएको छ ।

नेपालको पारवहनका लागि आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल–भारत पारवहन सन्धि ‘प्रोटोकल’ मा जलमार्ग एव बहुविधिक रुट ढुवानी प्रक्रिया र व्यवस्था तथा भन्सार सहजीकरण सहमति भएको छ । राजधानी दैनिकमा यो खबर छ ।

बल्क कार्गो थप दुई नाकाबाट आउने

अहिले सिमेन्ट, कोइला, मललगायत बल्कमा आउने सामानहरू रक्सौल–वीरगन्ज नाकाबाट मात्रै भित्रिने प्रावधान छ । अब सन्धि पुनरावलोकन गर्दै बल्क कार्गोलाई जोगबनी (विराटनगर) र नौतनुवा (भैरहवा) नाकाबाट समेत भित्र्रयाउन सकिने व्यवस्था गर्न थालिएको हो । ‘यसमा अब हस्ताक्षर मात्रै हुन बाँकी छ, समझदारी जुटिसकेको छ,’ उनले भने । जल यातायात र बल्क कार्गोमा गरिने नयाँ व्यवस्थाले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान मिल्ने उनले बताए ।

‘अहिले पूर्व र पश्चिमका लागि ल्याइने बल्क कार्गो पनि वीरगन्ज हुँदै ल्याउनुपर्ने अवस्था छ, जसले गर्दा ढुवानीका कारण लागत बढाएको छ,’ उनले भने, ‘थप नाकाबाट बल्क कार्गो ल्याउने तथा जलमार्गसमेत सञ्चालन हुने हुँदा हाम्रो ढुवानी लागत ५० प्रतिशतसम्मले कम हुने अनुमान छ, जसबाट मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान मिल्नेछ ।’ त्यस्तै, नेपाललाई थप दुईवटा बन्दरगाह धामरा र मुन्द्रासमेत प्रयोग गर्न दिने विषयमा छलफल भइरहेको उनले बताए ।

Comments