काठमाडौं । अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका अंगरक्षकका रुपमा काम गरेका हितमान बुढा यतिवेला साउदी अरबमा छन् । गरिबका सुनौलो दिन ल्याउन भन्दै बुढा जस्ता युवालाई बन्दुक बोकाएका नन्दकिशोर अहिले उपराष्ट्रपति बने तर सुनौलो भविष्यको सपना बोक्दै बन्दुक बोकेका उनका अंगरक्षक भने यतिवेला साउदीको तातो बालुवामा काम गर्दैछन् । नेपालमा भएको राजनीतिक गतिविधिले उनको मन कति पोल्दो हो । आफ्नो जवानी खर्चेर अरुलाई कुर्चिमा पुर्याएका बुढाको जिवन जस्ताको तस्तै छ उनको काँधमा चढेर कुर्चीमा पुगेकाहरुको जिवनी परिवर्तन भएको छ ।

कुनै बेला एउटै थालमा खाना खाएका पासाङलाई ति जनयुद्धका दिन पक्कै याद आए होलान् । त्यसैले उनले एक दिन आफ्नो फेसवुकमा लामो स्टाटस लेखेका छन् । डोल्पा सदरमुकाम दुनै आक्रमणको तयारीको भुगोल निरिक्षणको लागि जाने क्रममा मैकोटको बुकि पुपाल भञ्ज्याङमा खिचिएको तस्विर सहित उनले निकै भावुक स्टाटस लेखे । तस्बिरमा देख्न सकिन्छ अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ), कालिबहादुर खाम (बिबिध), जनार्दन शर्मा (प्रभाकर), बर्षमान पुन (अनन्त) र उनै पासाङका अंगरक्षक हितमान बुढा छन् ।

नेपालमै आफ्ना दिन पनि सुनौला होलान भन्दै बन्दुक बोकेर खोला र पहाड चढेको अनि कति दिन भोकै बसेका बुढाको सपना सबै भताभुंग भएको छ । त्यसैले उनले साउदीमा बसेर अहिले पनि ति दिन सम्झन्छन् । उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस जस्ताको तस्तै :

`उहाँ उही पासाङ हुन् ५२ का कमाण्डर । म उनकै अंगरक्षक हुँ, सहयोद्धा पनि थिएँ । आज उनि आसिन महलमा छन् । अंगरक्षक भने रोडमा घुमिरहेको छ । तर मैले नभुझेको कुरा उनी बदलिएका हुन् कि समयले बदलिदिएको हो ? उनी सुरक्षा घेरामा छन् ? वा नजर बन्दमा ? जसले उनको ज्या न बचाइ दियो, उनीहरु नै बाहिरिएका छन्, जसले उनलाइ मा र्न खोज्दथ्यो, उनिहरु नै अंगरक्षक बनेका छन् । उहाँ र हाम्रो भेटघाट हुनलाई अर्कै मान्छेको माध्यम चाहिन्छ । समय अबधि टोकिन्छ, उनै बैरिहरुले चेक जाँच गर्छन् र पासकार्ड दिन्छन्, गेटमा साब र एस सर भन्न्नु नै पर्ने हुन्छ । चाहेर पनि भेटघाट गर्न सक्दैनौ । हजारौं जनमुक्ती सेनाहरु, अंगरक्षकहरु गेटसम्म आउछौँ र हजुर बस्नु भएको आलिशान महल तिर हेरर फर्किन्छौं । पुरानो हुदैन माया, बिगतले भटभटी पोल्दो रहेछ । सम्झना मनै भरी छ है कमरेड ।´

पासाङका साथमा अंगरक्षक हितमान बुढा

अन्तिममा आफ्नो यादगरहरु दर्शाएर लेखे, सम्झना मनैभरी छ कमरेड ! त्यही बर्गिय नाताको सम्झना थियो सायद । जहाँ मकैको एक मुट्ठी खाजा पाए भने आधा आफू खाएर आधा आफ्नो अंगरक्षको लागि छुट्याइदिन्थे । कति ममतामय सम्बन्ध थियो है ती दिनहरुमा ? त्यो बाहेक पछिल्लो समयका सम्झनाहरु खासै सम्झना लायकका के थिए र ? अपमानित र तिरस्कृत न हो ।

हिजो पासाङको मुठ्ठी खाजाका हिस्सेदार थिए । तर आज हितमानले नन्दकिशोरको आधा गद्दीको हिस्सेदारी हुन पाउनुपर्छ भनेर चिच्याउनु भएन । केवल उसलाई देश छाडेका चालीस लाख युवाहरुलाई फर्काउन राज्यले पहल गरिदिए हुन्थ्यो भन्ने झिनो अपेक्षा छ ।

समय बदलिएको हो वा समयले मान्छेलाई बदलेको हो भन्ने दुबिधामा हुनुहुन्छ । हिजोका ती प्यारा कमान्डरहरु आज कसरी आफुहरुलाई नचिन्ने भए ? कि आफू बूढो भएको हो ? कि नेतृत्वको आँखा कमजोरी भएको हो ? हुन त समय कहिलै स्थिर हुँदैन । सायद समयले उनिहरुलाई बदल्यो । त्यसपछि समयसंगै कमान्डरहरुले आफ्नो बर्ग पनि बदले ।

डोल्पा सदरमुकाम दुनै आ’क्रमणको तयारीको भुगोल निरिक्षणको लागि जाने क्रममा मैकोटको बुकि पुपाल भञ्ज्याङमा खिचिएको तस्विर

बर्ग बदलेपछी स्वभाविक रुपमा बर्गको चरित्र पनि बदलिन्छ । तब बदलिएको नयाँ चरित्र परम्परागत माथिल्लो बर्ग भनिएकाहरुको चरित्र भन्दा खतरनाक साबित हुँदोरहेछ । चरित्र बदलिएपछी सायद हामी शत्रु भयौं । हिजोका शत्रुहरु सहायक बने । यहि कारण अहिले भेटघाट गर्नलाई हामीलाई पास काटिन्छ र समय सिमा तोकिन्छ ।

समय बदलिएछ कमरेड । समयले तिम्रो अबस्था बदल्यो । हाम्रो अबस्था बदल्यो । बदल्न त दुबैको अबस्था बदलिएको छ । तिमी उकालो चढ्यौ । हामी ओरालो झरिरहेका छौँ । तिमी आकाशमा पुग्यौ, हामी धर्तिमै भासिदै छौँ । मरुभुमिमा भासिदै छौँ । कमरेड के समय बदलिएकै हो ? कहाँ गए ती आस्थाहरु ? याद छ कमरेड ? मलाई अझै बिश्वास लागिरहेको छैन ।

Comments