कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले आज जनाएको छ ।

राति गाउँ धनगढी तर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई निजहरुले बाटोमा रोकेर हामी प्रहरी हौं तिमीहरुसँग ला’गुऔ’षध ब्रा’उन सु’गर छ भनी ड’राइध’म्काइ अ पह रण गरी कु टपि ट गर्नुका साथै रु एक लाख नदिएमा ला गुऔ षध मु द्दा चालाइदिन्छौं भनी फिरौती माग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।

पीडित अरुण चौधरी उनीहरुको नियन्त्रणवाट भाग्न सफल भई प्रहरीलाई जानकारी गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो । फाइल फोटो

प्राधिकरणका इलेक्ट्रिकल हेल्पर घुसहित नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण कलैया वितरण शाखा बारामा कार्यरत इलेक्ट्रिकल हेल्पर (तह–२) राजदेव महतो कोइरीलाई रु नौ हजार घुसहित आज नियन्त्रणमा लिएको छ ।

नयाँ विद्युत् मिटर जडान गर्नका लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले निजलाई सेवाग्राहीसँग रु नौ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो । इलेक्ट्रिक हेल्पर कोइरीलाई कलैया उपमहानगरपालिका–३ स्थित चिया पसलबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले भन्सार शुल्क तिरेर भारतको वनबासाबाट मालसामान ल्याउने व्यापारीसँग घुस लिएको आरोपमा कञ्चनपुरको इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले निजलाई रु पाँच हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

Comments