बाँकेको कोहलपुर निवासी चूडामणि शर्मा घरमा खाना पकाउने चुल्होमा प्रयोग हुने ग्यास वि’स्फोट हुँदा गम्भीर घाइते हुनुभएको छ ।

कोहलपुर न्युरोड गोलपार्क नजिकै रहेको शर्माको घरको माथिल्लो तल्लामा रहेको ग्यास चुहिएर कोठाबाट बाहिर जान नपाएपछि वि’स्फोट भएको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरका सबै झ्यालढोका बन्द भएकाले ग्यास फैलिन नपाएर वि’स्फोट भएको हो । वि’स्फोटबाट घरका झ्याल, ढोकाका साथै कोठामा राखिएका सामग्रीहरुमा क्षति पुगेको छ ।

वि’स्फोटमा घाइते हुनुभएका घरधनी पौडेललाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा सम्भव नभएपछि नेपालगञ्ज पठाइएको छ । घरमा अरू कोही नभएकाले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

Comments