काठमाडौं । चर्चित रियालिटी सो भ्वाईस अफ नेपालमा टप १२ मा पुग्न सफल मेचु धिमालले लाईभ प्रस्तुतिमा दमदार प्रस्तुती दिएकी छिन् । लाईभ सोमा उनले सपना भई आँखामा आउने को होला बोलको गीत गाएकी थिईन् । पूर्वेली चेली समेत रहेकी धिमालको प्रस्तुतीमा जर्ज तथा दर्शकले उत्कृष्ठ प्रतिक्रिया दिदैं सफलताको कामना गरेका छन् । मेचु वान अफ द बेस्ट सिंगर हुन, जर्जहरुले प्रस्तुति हेर्दै भनेका छन् ।

त्यसो त अब मेचुलाई अगाडी बढाउने हात दर्शकको जिम्मामा छ । उनलाई जिताउनका लागि भोट गर्नुपर्ने हुन्छ । उनलाई जिताउने उदेश्यका साथ उनको जन्मथालोमा सर्बजित भण्डारीको अध्यक्षतमा जिताउ अभियान गठन भईसकेको छ ।

Comments