राजपुरमा ब’म वि’ष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले ब’म वि’ष्फो’टबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुग्नुभएको थियो ।

आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी साक्षीका रुपमा रहेका चमारले बयान फेर्दै अदालतमा आएपछि उहाँलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चमार राजपुरमा भएको ब’म वि’ष्फो’टमा घाइते भएका सरकारी साक्षी हुनुहुन्छ । उहाँले आफू ब’मले नभएर स्टो’भ प’ड्केर घा’इते भएको कागजात पेस गर्नुभएको छ ।

यसअघि वि’ष्फो’टपछि इँटाभट्टामा हालेर जि’उँदै मा’रि’एका ओसी अख्तर विदेशमा रहेका भन्दै उहाँकी पत्नी अमना खातुनले जिल्ला अदालतमा निवेदन दिनुभएको थियो । तेइस जनालाई जि’उँदै इँ’टाभ’ट्टामा हा’लेको अभियोगमा नेपाली काङ्ग्रेसका नेतासमेत रहेका आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुग्नुभएको थियो । प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पतिलाई आलमले जि उँदै इँटाभट्टामा हालेर मा रेको बयान दिएकी उहाँले अचानक बयान फेर्दै लिखित निवेदन दिनुभएको थियो ।

आलम सर्मथकद्वारा मौन जुलुस

यसैगरी आलमका सर्मथकले गौरमा विशाल मौन जुलुस प्रदर्शन गरेका छन । आलमको जिल्ला अदालतमा बहस चलिरहँदा सर्मथकले भने गौरमा ठूलो सङ्ख्यामा आज दोस्रो पटक मौन जुलुस निकालेका हुन् । आलमको निर्सत रिहाइको माग गदै मौन जुलुस लिकालिएको जुलुसमा सहभागी काङ्ग्रेसका महाअधिवेशन प्रतिनिधि मुकेश गिरीले बताउनुभयो ।

बिपी चोकबाट निस्केको जुलुसले जिल्ला अदालत हँुदै गौर भन्सार पुगेर टुङ्गिएको गिरीले जानकारी दिनुभयो । यसअघि पनि यसैगरी मौन जुलुस निकालिएको थियो । काङ्ग्रेसका केन्द्रीय तहका नेताले कानूनलाई सहयोग गर्न भने पछि यहाँका नेता तथा कार्यकर्ताले दुई पटक गौरमा मौन जुलुस प्रदर्शन गरेका हुन् । गत २०६४ चैत २७ गते रौतहटको राजपुरमा ब म वि ष्फो टको मुख्य नाइके भन्दै १२ वर्षपछि प्रहरीले गत असोज २६ गते आलमलाई गौरबाट पक्राउ गरेको थियो ।

रौतहट ब’मका’ण्ड : के भन्छन् ‘होस्टाइल’ बनेका सीतामढीका गौरीशंकर राम चमार ? भिडियो तल हेर्नुहोस

Comments