पछिल्लो केहि समय एता सामाजिक संजालमा भाइरल भएका बिक्रम सुनार र मनु लामाको जोडीले सहयोग पाउन थालेका छन।मिडियामा आएको केहि समय एता उनलाई सहयोग आउने क्रम बढेको छ। बिक्रम दोहोरीमा गीत गाउँथे, उनलाई २ बर्षअघि काम गरेर फर्कने क्रममा पछाडिबाट आक्रमण गरियो । दुर्घटनापछि बिक्रमको पुरै शरीर चल्दैन, उनी हुईल चियरमा छन्, उनलाई साथ दिन ३ महिनाअघि मनु लामा उनको जीवनमा आईन् ।

मनु र बिक्रमले भने दशैँ भब्य रुपमै मनाए।मनुलाई बिक्रमले टिका लगाएर दशैँको स्वागत गरे भने बिक्रमलाइ उनकी आमाले टिका लगाएकी हुन् तर एता मनु भने दशैमा आफ्नी आमा र बाबालाई भेट्न नपाउदा एकदम पिडामा रहेको व्यक्त गरिन। रुदै भन्छिन’बाबा आमाको यतिबेला असाध्दै याद आएको छ। यसैबिच शिशिर भण्डारी बिक्रम र मनुलाई भेट्न सहयोग रकम लिएर पुगे । सहयोग दिदै गर्दा शिशिर मनु र बिक्रमको कथाले धुरुधुरु रोए । बिक्रम-मनुलाई भेट्न गए, कृष्ण वलि र रुपा ! कृष्णले लाखौं तिरेर किनेको कृत्रिम हात किन लगाएनन् ? भिडियो हेर्नुस

Comments