नेपालगञ्ज – भारतले नेपाली भूमि कालापानी आफ्नो नक्सामा पारेको विरोधमा नेपालगञ्जमा पनि प्रदर्शन गरिएको छ । युवा संघको अगुवाईमा युवा विद्यार्थीले नेपालगञ्जमा भारतविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।‘गो ब्याक इन्डिया, कालापानी हाम्रो हो’ भन्दै युवा विद्यार्थीले प्रदर्शन गरेका छन् । वीपीचोकबाट ब्यानर, छातीमा ‘गो ब्याक इन्डिया’ लेखेका पोष्टर टाँसेर युवा विद्यार्थीले बजारमा परिक्रमा गरेका थिए । धम्बोझीचोकमा पुगेर कोण सभा गरिएको थियो ।

कोण सभालाई किशोर थापा, रतन शाही, मोहित शाह, तुलसीमणि केसी र सुरेन्द्रजंग शाहले सम्बोधन गर्दै भारतलाई तत्काल नक्सा सच्याउन चेतावनी दिए । उनीहरुले कालापानीबाट भारत पछि नहटे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

अध्यक्ष थापाले त्यसको बिरुद्धमा बाँकेका युवाहरु मात्रै नभएर सिङ्गो देशका युवाहरुले बिरोध गरिरहेका छन् । हामी भारतलाई चेतावनी दिन चाहन्छौं , एउटा छिमेकीले अर्को छिमेकीलाई यो किसिमको ब्यवहार नगर्न र अन्य छिमेकी राष्ट्रबाट भारतले सिक्नु पर्ने बताउनुभएको छ ।

 

‘भारतले जुन ढंगले नेपालको २३ वटा जिम्मामा सिमा मिचेको छ र आज पनि हामी बाकेबासिहरु डुबानको मार खेपिरहनु परेको छ त्यसको कारण पनि भारत नै हो त्यसैले हामी हाम्रो सिमा बचाउनको निम्ति सिमानामा गएर डट्ने मात्रै होइन हाम्रो सिमा रक्षाको लागि मर्न पनि तयार छौं’ , अध्यक्ष किशोर थापाले बताए । साथै अध्यक्ष थापाले राष्ट्रियताको सवालमा एकजुट भएर बिरोध कार्यक्रममा उपस्थित जनाउने सबैलाई धन्यवाद दिएका थिए ।

त्यस्तै अखिल क्रान्तिकारीका तुल्सीमणि केसिले बिरोध सभालाई सम्बोधन गर्दै जसरी भारतले आफ्नो नयाँ नक्सामा हाम्रो भुभाग लाई स्वार्थपुर्ण ढंगले समाबेश गरेको छ त्यो तुरुन्तै सच्याउनु पर्ने र नभए देशका युवा तथा सम्पुर्ण नागरिकले यसको प्रतिबाद गर्नुपर्ने बताएका छन् ।

बिरोध कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष मोहित शाहले इतिहासमा कहिले पनि गुलाम नबनेको हाम्रो देशमा भारतले जुन किसिमको गिद्दे दृस्टी लगाएको छ त्यसको लागि हामीले खबरदारी गर्दै हाम्रो स्वधिनताको निम्ति सदैव लड्न र मर्न तयार हुनुपर्ने जिकिर समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै रतन योगिले राष्ट्रियताको लागि गो’लि खान पनि तयार रहेको बताएका छन् , उनले अगाडी भनेका छन् ,’ हाम्रो स्वाभिमान , अखण्डता माथिको भारतीय बिस्तारबादले गरेको ठाडो हस्तक्षेप गर्दै लिपुलेक र कालापानी आफ्नो राजनैतिक नक्सामा समाबेश गरेको छ त्यो भारतले कुटनैतिक ढंगले समाधान नगरे हामी गोलि खान पनि तयार छौ तर हामी हाम्रो भुभाग लाई छोड्ने छैनौं भनेका छन्’ ।

Comments