नेपाल तरुणदल सुर्खेतको कार्यसमिति बिस्तार गरिएको छ । तरुणदल सुर्खेतले ८ जना सदस्यहरु मनोनित गरेको छ । आज जिल्ला कार्यसमिति सुर्खेतमा ८ जना सदस्य मनोनित गरेको हो ।

मनोनित सदस्यहरुमा पञ्चपुरी नगरपालिका ११ का बल बहादुर बिष्ट, बराहताल ५, का लक्ष्मी पुन, बीरेन्द्रनगर ११ का नवराज ढकाल, वीरेन्द्रनगर १ का बिनोद गिरी, गुर्वाकोट ९ का नवीन सुनार रहेको नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्टले बताए ।

यस्तै बीरेन्द्रनगर ६ का जनक बहादुर थापा , लेखवेसि ८ का डम्मर बहादुर तिवारी र सिम्ता गाउपालिका ४ का निलकण्ठ मल्ल रहेका छन ।
नेपाल तरुण दल जिल्ला कार्य समिति सुर्खेतमा ८ सदस्य मनोनीत भएपछि १७ सदस्यीय कार्यसमिति भएको छ । यस्तै बिधान अनुसार जिल्ला अध्यक्षको अधिकारमा सह सचिब र उपाध्यक्ष सहित ८ सदस्य अझै मनोनीत गर्न बाकी रहेको छ ।

व्यापारी, राजनितिज्ञ र कलाकारीतामा आफ्नो अलग्गै पहिचान बनाउन सफल अध्यक्ष हरि विष्ट हरेक विधामा अब्बल र सफल मानिएको नाम हो । हरि विष्ट भन्नासाथ संगीतकार, गीतकार, गायक तथा असल सर्जकका रुपमा चिनिएपनि उनले धेरै बिधामा हात हाल्ने र आफ्नो असल कार्यले सबैको मन जिनेका छन् ।

कर्णाली प्रदेश सुर्खेतका विष्ट युवाहरुको आशा र भरोसाका केन्द्रका रुपमापनि चिनिन्छन् । विष्ट बिशेषगरेर संगीतमा अझै बढि चर्चामा र रुचाईएका छन् । विष्टका बजारमा आएका जतिपनि गीत छन् सबै उत्तिकै चर्चामा र दर्शक श्रोताको मन जित्न सफल छन् । सामाजिक कार्यमा उत्तिकै सक्रिय विष्ट दुखि र अशायहरुको सेवामापनि खटिने गरेको पाईन्छ । उनले देखेका र समस्यामा परेका जो कोहीलाई पनि तुरुन्तै सहयोग गर्न अघि सर्छन् ।

राजिनितिमा पनि छुट्टै पहिचान बनाएका प्रखरवक्ताका रुपमा चिनिन्छन् । बिष्टले मनमा लागेका हरेक विचार प्रस्ट संग राख्न सक्ने भएकाले पनि उनलाई युवाहरुले पछ्याई रहेका हुन्छन् । युवाहरु पछि लाग्नुको कारण उनको असल काम, बोल्ने सैली, सानाठूला जो कोहीलाई पनि सम्मान गर्ने कारण पनि उनको पछि थुप्रै युवाहरु पछ्याउने गरेका छन् ।

Comments