‘अमेरिकी एडभेन्चर’ नारासहित हार्ले डेभिड्सनले पहिलो पटक एडभेन्चर मोटरसाइकल ‘पान अमेरिका १२५०’ सार्वजनिक गरेको छ । कम्पनीले बीएमडब्ल्यू जीएसलाई टक्कर दिन अन्तर्राष्ट्रिय बजारमा यसलाई उतार्ने जनाएको छ ।

यसको कन्सेप्टलाई कम्पनीले गतवर्ष सार्वजनिक गरेको थियो भने प्रडक्सन मोडललाई कम्पनीले यस वर्षको इक्मा मोटरसाइकल शोमा उतारेको हो ।

कम्पनीले यसमा १२५० सीसी लिक्वीड कुल्ड रिभोलुसन म्याक्स इन्जिन दिएको छ भने यसको डिजाईन सबै प्रकारका बाटोहरुमा चलाउन सहज हुने किसिमले गरिएको छ ।

डिओएचसी भि–ट्वीन इन्जिनले १४५ बीएच पावर र १४४ एनएम टर्क जेनेरेट गर्ने दाबी हार्ले डेबिडसनले गरेको छ । उता यसको प्रतिस्पर्धी मोडल बीएमडब्ल्यू आर १२५० जीएसले १३४ बीएच पावर र १०५ एनएम टर्क प्रदान गर्ने जनाइएको छ ।

यस मोटरसाइकलको विषयमा हार्लेले धेरै कुराको जानकारी नदिएपनि यसका रहेको टीएफटी ड्यासबोर्ड र मल्टीबटम स्वीच गियर, हाइट अनुसार मिलाउन सकिने स्कृन र क्रुज कन्ट्रोल जस्ता विशेषता समेटिएका छन् ।

Comments