सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको निधन भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको निधन भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।

घटनामा दुई पुरुष एक महिलाको निधन भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।

हृदयघातका कारण प्रिन्सिपल बसन्तको निधन, शोकमा परिवार

हृदयघातका कारण अर्घाखाँचीमा एक युवक को निधन भएको छ । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं १ का स्थाई बासिन्दा वसन्त गमालको बिहान निधन भएको हो ।


छत्रदेब गाउँपालिका २ बल्कोटको सहिद मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलमा प्रिन्सिपलको रुपमा कार्यरत गमाललाई मध्यरातमा हृदयघात भएको उनका आफ्नत ले बताए । १० बजे अस्पतालमा श्रद्धाञ्जली सभा गरिने भएको छ । ३१ वर्षीय गमाललाइ अर्घाखाँची जिल्ला अस्पतालले आज मृ त घोषणा गरेको हो ।

Comments