काठमाडौँ । चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै राम्रै चर्चा पाउने नायिकाको सूचीमा आँचल शर्मा पनि पर्छिन् । नायिका आँचल शर्मा चलचित्रसँगै म्यूजिक भिडियो र विज्ञापनको काममा व्यस्त छिन् । चलचित्रसँगै उनको व्यक्तिगत जीवनको खबर पनि सार्वजनिक भैरहेको हुन्छ ।

चलचित्र क्षेत्रमा लागेपछि धेरै कलाकार आफ्नो निजी जीवन मिडियामा नआओस् भन्ने चाहन्छन् । अझ, प्रेम, बिबाहको कुराबाट उनीहरु भाग्न खोज्छन् । प्रेममा परेका, साथी भएका कुरालाई लुकाउन चाहने धेरै कलाकार चलचित्र क्षेत्रमा छन् । नायिका आँचल शर्मा भने यो कुराबाट केहि पर छिन् ।

आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्। नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

यसै क्रममा नायिका आँचल शर्माले प्रेमी उदित श्रेष्ठसँग यही वर्षमा बिहे गर्ने तयारी गरेको बताएकी छिन् । पछिल्लो समय निकै व्यस्त रहेकी आँचलले यसै वर्ष विवाह गर्ने तयारी भइरेको एक अन्तवार्तामा बताएकी हुन् ।

नायक तथा मोडल पल शाहसँग आँचलको प्रेम चर्चा थियो । तर दुबैले आफूहरु साथी मात्रै भएको बताउँदै आएका थिए । आँचलले पलसँग स्क्रिन सेयर गर्दै ‘नाईं नभन्नु ल ४’ मार्फत रजतपटमा डेव्यु गरेकी थिइन् । यो जोडीलाई दर्शकलले निकै रुचाएका थिए । जस कारण दर्शकलले यो जोडीलाई आँप जोडीको उपमा दिएका थिए ।

अन्तवार्तामा आँचलले आफूले विवाह गर्न लागेको जानकारी दिदै पलसँग सम्बन्ध नचिसिएको पनि बताएकी छिन् । उनले पललाई आफ्नो विवाहमा बोलाउने पनि बताएकी छिन् ।

Comments