काठमाडौं । बलिउड अभिनेता गोविन्दा काठमाडौं आइपुगेका छन् । नेपाली चलचित्र निर्माणको ५०औं वर्ष पूरा भएको अवसरमा हुन लागेको चलचित्र स्वर्णिम महोत्सव २०७६सहभागी हुन आएका गोविन्दाले आफूलाई नेपाल आएपछि गुन्द्रुक र भात खानै पर्ने बताएका छन् ।

नेपाली युवती विवाह गरेका गोविन्दाको ससुराली ललितपुरको गोदावरीमा रहेको छ । श्रीमती सुनिताकासाथ नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नायिका निरुता सिंहले गीत गाएर सुनाएकी छन् । गोविन्दा नेपाल आएपछि पशुपतिनाथको दर्शन गर्ने गर्छन् । यसपटक पनि उनी पशुपतिनाथको दर्शन गर्न जाने बताए ।

मंगलबार अपरान्ह आइपुगेका उनी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्नेमा हँसिलो र ठट्यौली पारामा प्रस्तुत भएका थिए भने उनकी श्रीमती सुनिताले पनि माहोललाई रमाइलो बनाएकी थिइन् । त्यसमाथि नायिका निरुता सिंहले गोविन्दाको गीत गाएर सबैलाई हँसाएकी थिइन् ।

उनी पर्साको वीरगञ्जमा हुने लागेको चलचित्र स्वर्णिम महोत्सव २०७६सहभागी हुन आएका हुन् । नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ कात्तिक २१ देखि २३ गतेसम्म वीरगन्जको आदर्शनगर रंगशालामा हुनेछ । सो महोत्सवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Comments