राजनितिक विश्लेषक तथा नागरिक समाजका अगुवा रहेका डाक्टर सुन्दरमणि दिक्षितले अहिलेको राजनीतिक अवस्थाको बारेमा आफ्नो धारणा राख्दै प्रचण्डको व्यवहार बारेमा टिक्का टिप्पणी समेत गरेका छन् ।

“प्रधानमन्त्री केपी शर्मा ओलीले नै हो देश बनाउने र वहालाई जनताले चुनेर पठाएका हुन् । त्यसैले ओलीले ५ वर्ष सरकार चलाउन पाउनु पर्छ र काम गर्न दिनुपर्छ । पुष्प कमल दाहाल प्रचण्डले घरिघरि प्रधानमन्त्रीको लोभ गरेर भाड्न खोज्नु हुदैन । ओलीलाई ५ वर्ष काम गर्न दिएर देश बनाउने मौका गुमाउन हुदैन । प्रचण्डले त ओली पछि पालो पाइहाल्छन नि ।”

सुन्दरमणि दिक्षितले नेपाली कांग्रेसको अवस्था बारे पनि टिप्पणी गर्दै भने: “नेपाली कांग्रेसले अहिले एक जुट भएर प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा आफै भित्रको किचलोले गर्दा मलाई कांग्रेस प्रति दया जागेर आएकोछ । शेर बहादुर देउवा देखि सबै कांग्रेस भित्रकाले किन नबुझेका होलान । अहिले कांग्रेसको अवस्था बिग्रदो छ र यहि तरिकाले हिड्यो भने कांग्रेस इतिहासमा रहन बेर लाग्दैन ।”

Comments