काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तीन वर्ष भित्र देशभर विद्युत पु¥याउने लक्ष्य लिएको जानकारी दिनुभएको छ । प्रवन्ध निर्देशक घिसिङले बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र प्राधिकरणले मिलेर काम गरेमा उक्त लक्ष्य पुरा हुन सकिने दावि समेत गर्नुभएको छ । त्यसका लागि इनर्जी ईफिसेन्सीको क्षेत्रमा काम गर्नुपर्ने तर्क घिसिङको छ ।

विद्युतको माग र आपूर्तिलाई सहज बनाउन पनि इनर्जी ईफिसेन्सीमा जोड दिएको उल्लेख गर्दै प्रवन्ध निर्देशक घिसिङले पुर्वाधारको विकास गर्न बैंकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको पनि ध्यानाकर्षण गराउनु भयो ।

आईतबार ललितपुरमा आयोजित सरोकारवाला निकायहरुसँगको छलफलमा घिसिङ्ले निजी क्षेत्रले पनि इनर्जी ईफिसेन्सीको क्षेत्रमा प्राधिकरणसँग मिलेर काम गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । प्राधिकरणले विद्युतको माग र आपूर्तिलाई सहज बनाउन ईनर्जी ईफिसेन्सीको क्षेत्रमा काम गरिरहेको छ । बैकल्पिक उर्जामा दिइने अनुदान व्यक्तिगत भन्दा समुदायमा दिनुपर्ने तर्क घिसिङको थियो ।

Comments