काेहलपुर,बाँके, पछिल्लो समय नेपाल तरुणदलका नेपालगन्ज नगर सभापति संदिप जंग शाह प्रकाउ परेको घटनालाई लिएर कोहलपुरका डिएसपी हेम बहादुर शाही चर्चाको बिषय बनेका छन । उनलाई नेपाली काग्रेशले कारबाहीको दायरामा ल्याउनु पर्ने बताएको छ भने नेकपाले कारबाही आबश्यक नभएको ठहर गरेको छ ।
तर डिएसपी शाहीले अपराधमाथी राजनिति हुनु निक्कै दुखद बिषय भएको बताएका छन ।

कुसेन्युजसंगको कुराकानीमा डिएसपी शाहीले इमान्दारीमाथी अंकुश लगाउनु र राजनितिको दुरुपयोग गर्नु नेपाली सामाजका लागि पनि सोचनिय बिषय रहेको बताए । उनले भने हामीबाट काम कारबाही गर्दा कतै कमीकमजोरी भएको छ भने हामी त्यसको फल भोग्न तयार छौँ । तर अपराधमाथि राजनितिकरण कहिकतै पनि हुनु हुदैन ।

डिएसपी शाहीले मुलुककको लागि इमान्दार पुर्वक पेशाप्रति बफादार भएर काम गर्दा राजनितिक रंग दल्नु दुखद बिषय भएकाे जिकिर गरे । उनले भने यसले इमान्दार सिपाही माथी मानशिक हमला गर्छ र काम गर्न गार्हाे हुन्छ ।

म दोषी भए कारबाहीको भाग्यदार हुन्छु । हैन भने त्यसरी अपराधीहरुलाई राजनितिक रुपले संरक्षण हुने हो भने नेपालीहरुको लागि यो भन्दा दुर्भाग्य अरु केही हुन सक्दैन । छानबिन समिति बनेको भन्न सुनेको छु छानबिन समितिले इमान्दारपुर्वक छानबिन गरोस । ताकी राजनिति हाबी नहोस उनकाे भनाइ थियाे ।

Comments