मध्यपुरथिमि नगरपालिका–४ एसएसचोकमा बाटो काट्दै गरेकी एक वृद्धा महिलालाई बलेरो जिपले ठ’क्कर दिँदा उनको घटनास्थलमै निधन भएको छ । भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा१४च १६८६ नंको बलेरो जिपले ठक्कर दिँदा पैदलयात्री ओखलढुङ्गा लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–४ एसएसचोक बस्ने ७६ वर्षीया लक्ष्मीदेवी भट्टराईको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

तीव्रगतिमा आएको बलेरोले जेब्राक्रसिङबाट बाटो काटिरहेकी महिलालाई ठ’क्कर दिएर फरार भएका चालक काभ्रे बेथानचोक गापा–३ घर भई हाल काभ्रे भैँसेपाटी बस्ने २४ वर्षीय विनोद घिमिरेले प्रहरी वृत्तमा मध्यपुरथिमिमा आ’त्मासमर्पण गरेको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकको निधन, दुई घाइते

चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठ’क्कर दिँदा एकको निधन भएको छ भने दुई घाइते भएका छन् । ना१३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठ’क्कर दिएको थियो ।

ट्रकको ठ’क्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय प्रशान्त अधिकारी घाइते भएका छन् । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

घाइते प्रशान्तको अवस्था ग’म्भीर र सुशान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालक फरार रहेकाले खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Comments