नुवाकोटको बट्टार बजारमा बसले कि च्दा एक बालकको निधन भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको हिजो दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले कि च्दा ज्या न गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

बालकको घटनास्थलमै ज्या न गएपछि आ क्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कु टेका छन् भने बस तो’डफो’ड भएको छ । घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मृ तकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । मृ तकका आफन्तले दोषीलाई कडा करवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टार बजार बन्द गरेका छन् ।

सवारी दुर्घटनामा एकको निधन

सुनसरीको धरान उपमहानगरपालिका तिनकुनेस्थित कोशी राजमार्गमा सवारी दुर्घटनामा एकको निधन भएको छ । निधन हुनेमा इटहरी उपमहानगरपालिका १९ का ६१ वर्षीया कालीमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको को १ ख १९३० नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा स्कुटर पछाडि सवार राईको घटनास्थलमै निधन भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो । स्कुटर चालक उहाँको श्रीमान् जयबहादुर राई सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्कुटी, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो पनि पढ्नुहोस ” जनावरले बढ्दै सवारी दुर्घटना

पूर्व–पश्चिम राजमार्गअन्र्तगत बाराको अम्लेखगञ्जदेखि रौतहटको चपुर खण्डमा पर्ने पथलैया जङ्गलमा जङ्गली जनावरका कारण दुर्घटनाको जोखिम बढेको छ ।

दैनिक हजारौँ सवारीसाधन हिड्डुुल गर्ने सडकमा जङ्गली जनावरले एक्कासी सडक वारपार गर्दा जोखिम बढेको हो । बासस्थान र आहाराको खोजीमा राजमार्गमा दिनको समयमा बादर, हरिण, निलगाई, बदेल तथा रातको समयमा हात्ती लगायतका जङ्गली जनावर निस्कदा यात्रा असुरक्षित हुन थालेको सवारी चालकहरुले बताएका छन् ।

वन जङ्गलमा पाइने कन्दमूल र फलफूलका बिरुवा मासिँदै जादा आहारको अभावमा वन्यजन्तुहरु राजमार्गमा आउने गरेको जानकारहरु बताउछन् । राजमार्गमा हिड्ने यात्रुहरुले रमाइलोका लागि बादरलाई खानेकुरा दिँदा सडकमा बादरको सङ्ख्या बढ्ने गरेको छ । सवारीसाधनको चाप रहेको सडकखण्डमा बादरको चापका कारण सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक विश्वविजय ढकालले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गमा सवारीको चाप दैनिक एकैनासको हुने र जङ्गली जनावरले अचानक सडक वारपार गर्दा दुर्घटनाको जोखिम दैनिक बढ्ने गरेको ट्राफिक प्रहरी निरीक्षक ढकालको भनाइ थियो ।

अमलेखगञ्जदेखि चपुरसम्मको ५१ किलोमिटरमध्ये ४७ किलोमिटर सडक जङ्गल क्षेत्र रहेको छ । जङ्गलमा कन्दमूल र फलफूल पाइने भएपनि विभिन्न सवारी साधनमा यात्रारत् यात्रुले विभिन्न खाने कुरा दिने गरेका कारण जङ्गली जनावर सडकको छेउछाउमा आउने गरेका छन् । ठूलो जङ्गल भएका कारणपनि एक भागबाट अर्काे भागमा वारपार गर्ने गर्दछन् । त्यहाँको ४७ किलोमिटर मध्ये चार किलोमिटर एकतर्फी र बाँकी ४३ किलो मिटर दुवैतर्फ जङ्गल छ ।

Comments