सन्धिखर्क-  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ बामरुक भालुपोखरा निवासी एक युवकको लडेर निधन हुदा मालारानी ७ शोकमग्न भएको छ । आफ्नो बुबाको चौरासी पुजा चलिरहेकै अबस्थामा घरभन्दा माथ्थिर पंचेबाजाको धुन संगै स्थानिय निम्तालु नाँचेको स्थानमा गै नाँच्ने क्रममा सोही ढिकबाट लडेर आँगनमा आई गम्भीर घाइते रामु बि. सि. भुसालको ४२ बर्षको उमेरमा असौज २६ गते राती ११ बजेतिर उपचारको सिलसिलामा जिल्ला अस्पताल ल्याउने क्रममा निधन भएको स्थानीय दल बहादुर भट्टराईले जानाकारी दिनु भएको छ।

आफ्ना इस्टमित्र निम्तालु जम्मा भै रहेको अबस्थामा भएको अकल्पनीय निधनको घटनाले सम्पुर्ण स्तब्ध र मर्माहत हुन पुगेको भट्टराईको भनाई छ। बुबाको चौरासी गर्नको निम्ति भारतबाट दशै अघि घर आएका उहाँ उपबास बसेको अबस्थामा उहाँ एक्कासि फेन्ट भएको र अग्लो ढिकबाट लडदा टाउको नै भाँच्चिएको कारण निजको निधन भएको अनुमान डाक्टरको रहेको छ।

अत्यन्तै कला संस्कृति प्रती रुचि राख्ने उहाँले हालै विभिन्न स्थानमा भएका सराएँ नाँचका भिडियो हरु आफ्नो फेसबुकमा लोडगर्नु भएको थियो। पुजाको मण्डलमा बसेकै अबस्थामा जुरुक्क उठेर गएको छोराको केही मिनेट भित्रको निधन सम्झदै बुबाले रुँदै बरु म जाने बेला हो आज यस्तो कल्कलाउँदो उमेरको छोरालाई बिदा गर्नुपर्‍यो भक्कानिंदै आफ्नो पीडा पोख्नु भयो।

पुजाको रमाइलो माहोलमा जमघट र खुशियाली माहोल एक्कासि रुवाबासिमा परिणत हुँदा बामरुक क्षेत्र नै कोलाहल मच्चिएको थियो भने सो क्षेत्र नै शोकमग्न भएको थियो। आमा ,दाइ , भाउजू सबै गुमाएका उहाँ सबैको आँखाको नानी हुनुहुन्थ्यो वडा अध्यक्ष खडक प्रसाद भुसालले बताउनु भयो। घटनाको जानाकारी पाउना साथ सगरमाथा ट्राबल्स र सुपा देउराली ट्राबल्स बाट प्रतिनिधि आएर पिडित परिबारलाई सान्त्वोना सहित १ लाख ६०हजार १लाख ६०हजार रुपैया दिने घोषणा गर्नु भएको थियो।

उहाँको अकल्पनीय निधन प्रती भारत स्थित विभिन्न संघ संस्था हरुले समबेदना तथा श्रद्धाञ्जली बक्तब्य जारी गरेका छन। भारतको हरियाणा करनालमा रहनु भएका उहाँका सहकर्मी निर्मल भुसालका अनुसार दर्जनौं संघ संस्थामा आबद्ध उहाँको निधनले प्रबासी नेपाली हरुले आफ्नो एक अभिभाबक गुमाएर टुहुरो भएको महसुस गरिएको बताउनु भएको छ। उहाँको आज अबेर नै स्थानिय बामरुक घाटमा अन्तिम दाहसंस्कार गरिएको छ। सो समयमा मालारानी क्षेत्रका सयौं सुभेच्छुक सहभागी रहेका थिए।

Comments