असाेज । नेपाली मूलका एक अष्ट्रेलियन नागरिकले विमानस्थलका कर्मचारी माथि अभद्र व्यवहार गरेकाे भन्दै नियन्त्रणमा लिइएकाे छ । एनआरएनको नवौ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा तोडफोड गरेपछि उनी प्रहरीले पक्राउ गरेको छ ।

 

रमेश थापा नामका ती व्यक्तिले विमानस्थलका कर्मचारीमाथि अभद्र ब्यवहार गरेको कसुरमा कार्यवाही प्रक्रिया अगाडि बढाइएकाे हाे । उनी अष्ट्रेलियाबाट काठमाडाैँका लागि क्याथे ड्रागन एयरलाइन्सकाे विमानबाट त्रिभुवन अं. विमानस्थलमा यही असाेज २६ गते राति अवतरण गरेका थिए ।

थापाले कर्मचारीलाइ अटेर गरी अभद्र व्यवहारका साथै डेस्कका शिशा फुटाएकाे अध्यागमन कार्यालयले जनाएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि उनीहरु लाइनमा बसेका थिए । तर, लामो समयसम्म लाइनमा बस्नु परेको भन्दै थापाले डेस्कको सिसा फुटाएको प्रहरीको भनाइ छ । थापामाथि सार्वजनिक सम्पत्ति तोडफोड र अभद्र व्यवहारको कसुरमा म्याद थपको प्रक्रिया अघि बढाइएको छ । यद्यपि एनआरएन नेताहरुले उनको रिहाइका लागि दबाव दिइरहेको प्रहरी स्रोतले बतायो ।

यसअघि पनि नेपाली मूलका काेरियन तथा एनअारएनका अध्यक्ष भवन भट्टले समेत रक्सीले मातेर सिंगापुर जान खाेज्दा सिंगापुर एयरलाइन्सकाे विमानबाटै झारेर विमान उडेकाे थियाे । त्रिभुवनबाटै उनले सिंगापुर जाने क्रममा अभद्र व्यवहार गरेका थिए ।

Comments