बुटवल उपमहानगरपालिका– ३ ज्योति नगरकी एक महिलाको धा रिलो ह तियार प्र’हार गरी ह त्या भएको छ । असोज १७ गते नै ६६ वर्षीया टिकीसरा गुरुङको ह त्या भए पनि इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । घरबाट बाख्रा चराउन गएकी गुरुङ साँझसम्म घर नफर्किएपछि खोज तलास गर्ने क्रममा लक्ष्मीनगर सामुदायिक जङ्गलमा उनको श’व भेटिएको थियो ।

प्रहरीले ह त्याको आरोपमा हेटौँडा उपमहानगरपालिका– ६ घर भई हाल बुटवल ज्योतिनगर बस्ने ४२ वर्षीय राम लामालाई पक्राउ गरेको छ । उनले टाउकामा हँ’सिया प्र’हार गरी मुखमा कपडा को’चेर गुरुङको ह त्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

लामालाई असोज २५ गते नुवाकोटको बेलकोटगढीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । लामाको साथबाट टिकीसराको ह त्यामा प्रयोग भएको हँ सिया, कानमा लगाउने सुनका रिङ बरामद गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । लामालाई हिरासतमा राखेर कर्तव्य ज्या न र डाँ’का चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।

Comments