नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेपछि त्यहाँका कार्यकर्ता तथा समर्थकले गौरबजारमा प्रदर्शन गरेका छन्। आलम पक्राउको विरोधमा वीरेन्द्र राजमार्गका विभिन्न स्थानमा टायर बालिएको छ। प्रदर्शनकारीले केही स्थानमा ढुं’गामु’डासमेत गरेका छन्।


आलम समर्थक कार्यकर्ताबाट नाराजुलुस र प्रदर्शन भैरहेको छ। भीड नियन्त्रण गर्न व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ। विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले केही स्थानमा बाटो अवरुद्धको प्रयास समेत गरेका छन् । सुरक्षाकर्मी पुग्नासाथ आन्दोलनकारी भाग्थे । प्रहरी र उनीहरुबबीच बिहानदेखि लुकामारी जस्तै भएको छ । अहिले जिल्लाभरि सुरक्षाव्यवस्था कडा बनाइएको छ ।

२०६४ सालमा ब म बनाउँदै गर्दा प ड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पो’लेर मा’रेको आरोप आलममाथि छ। उनले भारतबाट केही मानिस भाडामा ल्याएर चुनावमा प्रयोग गर्नका लागि ब म बनाउन लगाएको र बनाउने क्रममा ब म प ड्किएको थियो। ब म बनाउने काममा केही नेपाली पनि सहभागी थिए।

सो घटना लुकाउन उनले घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पो लेको भन्दै दुई जना नेपालीको परिवारले आलमविरूद्ध जाहेरी दिएका थिए। अफताव आलम पटक–पटक मन्त्री भए, तर विकास कहिले गरेनन् । मुस्लिम बाहुल्य क्षेत्रका जनता अशिक्षा र गरिबीबाट आक्रान्त छन् । रोग र भोक त्यहाँ मुस्लिम समुदायका लागि नौलो छैन । विकास नभएको कुरालाई लिएर अफतावमाथि गुनासै गुनासा छन् ।

अफताव आलम शेख इसरिदका भान्जा हुन् । उनकै बलमा उनले राजनीति यात्रा शुरु गरेका थिए । राजनीतिमा अगाडि बढाउनका लागि इसरिदको राम्रो सहयोग थियो । इसरिद पनि काँग्रेसमा मन्त्री भइसकेका व्यक्ति थिए र उनले रौतहटमा राम्रो प्रभाव जमाएका थिए । पछि त्यसको बिडो अफताव आलमले सम्हालेका थिए ।

Comments