जम्मू-कश्मीरमा पुनः एकजना गोर्खा जवान श हीद भएका छन्। जानकारीका अनुसार शुक्रवार पाकिस्तानी सेनाले गरेको गो ली बारीमा अप्पर बाघडुग्रास्थित पानीघट्टा मोडनिवासी सुवास थापा श हीद भएका हुन्। ३/५ गोर्खा राइफल्सका जवान सुवास श हीद बनेको खबरले घर-परिवार, आफन्तजन र छिमेकीहरू अवाक बनेका छन्। गाउँमा शोक छाएको छ।

सुवासका पिता पदम बहादुर थापाले यसबारे जानकारी गराएअनुसार शहीद सुवास थापाको पा’र्थिव श रीर अर्थात् शनिवार विशेष विमानमार्फत् बाघडुग्रा ल्याइपुऱ्याइएको थियो।

यद्यपि घर परिवार घटनाबारे विस्तृत रूपमा बताउन सक्ने अवस्था छैनन्। जानकारीका अनुसार शुक्रवार बिहान पाक सेनाले यु द्धवि रामको उल्लङ्घन गरी रजौरी जिल्लाको नौशेरा सेक्टरमा गरेको आ क्रम णमा बारीमा सुवास थापा शहीद बनेका हुन्।

यो पनि पढ्नुहोस : काश्मिर उपत्यकामा सोमबारदेखि पोस्टपेड मोबाइल खुल्यो

जम्मु काश्मिरमा सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा शुरु गरिएको छ । जम्मु काश्मिरका मुख्य सचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि काश्मिर प्रान्तका सबै १० वटा जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन हुने जानकारी दिनुभयो । सुरक्षा स्थितिको मूल्याँकन पश्चात जम्मु काश्मिरका सबै भागमा मोबाइल सेवा सुचारु गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

भारतीय संविधानबाट धारा ३७० मा रहेका प्रावधान हटाएका कारण सुरक्षा ख तरा बढ्ने सम्भावना रहेको भन्दै भारत सरकारले सम्पूर्ण जम्मु काश्मिरमा गत अगस्ट ५ देखि सबै टेलिकम नेटवर्क र ल्यान्डलाइन सेवा बन्द गरेको थियो ।

यसअघि नै ल्यान्डलाइन सेवा चरणबद्ध रुपमा खुला गरिए पनि काश्मिर उपत्यकाका विभिन्न क्षेत्रमा मोबाइल उपकरणको प्रयोगमा प्रतिबन्धहरु लगाइएको थियो । कंसालले गत शनिबार जम्मु काश्मिरका सबै इलाकामा ल्यान्डलाइन फोन सेवा पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिनुभएको थियो ।

कन्सालले जम्मु काश्मिरमा हिँडडुलमा लगाइएका प्रतिबन्धहरु पनि ९९ प्रतिशत हटेको जानकारी दिनुभएको छ । जम्मु काश्मिरका गभर्नरले पर्यटकहरुका लागि जम्मु काश्मिर अक्टोबर १० देखि खुला रहने घोषणा गरेलगत्तै टेलिकममा लगाइएका प्रतिबन्धहरु पनि हटाइएका हुन् ।

स्थानीय प्रशासनले जम्मु काश्मिर भ्रमणमा आउने पर्यटकलाई आवश्यक सहयोग र स्रोत उपलब्ध गराउने जनाएको छ । परिस्थिति सामान्य भएसँगै गत अगस्ट २९ देखि नै जम्मुका डोडा, किस्टवाड, रामबन, रजौरी र पूँचमा पोस्टपेड मोबाइल सेवा शुरु भइसकेको छ ।

Comments