काठमाडौं । इरानमा करिब एक करोड मानिस कुनै न कुनै अपाङ्गताबाट ग्रस्त छन् । रुढीवादी देश इरानमा से क्स जस्तो विषयमा कुरा गर्न वर्जित छ । यस्तोमा अपाङ्गता भएका महिलाको विषयमा सेक्सबारे सोच्न पनि सकिँदैन । उत्तरी इरानको एउटा सानो गाउँमा बस्ने ४१ वर्षकी अपाङ्गता भएकी महिला मितरा फराजदाहले आफ्नो अनुभव र निराशाबारे कुरा गरेकी छिन् । उनी भन्छिन्, ‘म एक महिला हुँ । म एउटा यस्ती महिला हुँ जो ७५ प्रतिशत शारिरिक अपाङ्गताबाट ग्रस्त छु ।

हो, मैले प्रेमको अनुभव गरेकी छु । म सधैं भन्ने गर्छु कि जसले कहिले पनि प्रेमको अनुभव गरेका छैनन् वा प्रेममा परेका छैनन् उनीहरु खेतमा चराहरुलाई डराउनका लागि राखिने पुतली जस्तै हुन् । ’

११ वर्षको उमेरमा प्रेम : मितराका अनुसार उनी ११ वर्षको हुँदा आफ्ना एक छिमेकीका छोराका लागि विशेष भावना महसुस गरेकी थिइन् । उनी भन्छिन्, ‘यो भावनाको अर्थ मैले त्यतिबेला बुझ्न सकेकी थिइनँ ।’ उनी भन्छिन्, ‘त्यतिबेला म आफूलाई मान्छे नै होइन ठान्थें । अपाङ्गताका कारण मेरो बाँच्ने अधिकार नै छैन जस्तो लाग्थ्यो । म मृ त्युको प्रतिक्षा गरिरहेकी थिएँ ।’

मितराका अनुसार १४ वर्षसम्म उनले आफ्नो प्रेम लुकाएर राखिन् । उनी भन्छिन्, ‘१४ वर्षको हुँदा मैले ती व्यक्ति र आफ्नो परिवारलाई यसबारे बताउने हिम्मत गरें । ती व्यक्तिले त मेरो प्रशंसा नै गरे तर उनको परिवारले यसमा स्विकारोक्ति दिएन । ’

‘केही वर्षसम्म त जिन्दगी नरक जस्तो भयो तर उनको प्रेमले मलाई आफूलाई नै प्रेम गर्न सिकायो ।’ ‘ती व्यक्तिसँग मैले ३० वर्षसम्म प्रेम गरेँ । यद्यपी, हामी कहिले पनि सँगै बसेनौं । म एक महिला हुँ जसलाई ती सबै कुराको आवश्यकता पर्छ जो एक महिलालाई हुन्छ ।’

से क्स आवश्यकता : मितरालाई उनका प्रेमीले अँगालोमा बाँधुन् र उनको कपाल खेलाउन् भन्ने चाहना छ । उनी भन्छिन्, ‘हाम्रो समाजमा यस्ता थुप्रै मानिसहरु छन् जसले सोच्छन् कि हामीजस्तो महिला प्रेमको लायक नै छैनन् । यो सुन्दा मलाई पीडा हुन्छ ।’

उनी भन्छिन्, ‘म जसलाई प्रेम गर्छु, उनीसँग बस्न मेरा पिताले अनुमती दिँदैनन् । म जस्तै थुप्रै महिला यौ न र भावनात्मक आवश्यकतालाई दबाएका कारण पीडित छन् ।’

‘म मान्छु कि सबैभन्दा ठूलो परिवर्तन हामी भित्रैबाट आउँछ । हामीले आफ्नो यौ न आवश्यकता र सीमालाई स्विकार गर्नुपर्छ ।’

मितरा आफ्नो पेन्टिङ बेचेर गुजारा गर्छिन् : मितरा भन्छिन्, ‘हामीले विश्वास गर्नुपर्छ कि हामी पूर्ण रुपमा बाँच्नका लागि हकदार छौं । हामीले अपाङ्गताको वास्ता नगरी यसको पूरा आनन्द लिनुपर्छ ।’

‘मैले अपाङ्गता भएका थुप्रै महिलालाई चिनेकी छु जसको परिवार यो कुराबाट अञ्जान छन् कि उनीहरु पनि यौ न प्राणी हुन् किनभने यी महिला आफैं पनि यो कुरामा विश्वास गर्न सकिरहेका छैनन् । यदि तपाईं पनि प्रेमको हकदार हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्न सक्नुहुन्न भने तपाईंको परिवारले कसरी विश्वास गर्नेछ ?’

यौ न आवश्यकता पूरा नहुनु हानिकारक : मितरालाई आफ्नो भावना र आवश्यकतालाई जाहिर गर्न पाउँदा गर्व भएको बताउँछिन् । उनी भन्छिन्, ‘अहिले पनि धेरै मानिसहरु यो कुरामा विश्वास गर्छन् कि अपाङ्ग महिलाले आफ्नो यौन र भावनात्मक आवश्यकता व्यक्त गर्नु हुँदैन तर सत्य भने फरक छ ।’

अपाङ्गता भएका मानिसहरुको यौ न ऊर्जा सामान्य मानिसभन्दा धेरै हुने मितरा बताउँछिन् । उनी भन्छिन्, ‘म जस्तो व्यक्तिका लागि यो सम्भव छैन किनभने मलाई गम्भीर शारिरिक अपाङ्गता छ ।’ मितरा भन्छिन्, ‘यदि अपाङ्गता भएका महिलाको यौ न आवश्यकता पूरा भएन भने यो निकै हानिकारक हुनसक्छ ।’ बीबीसी

Comments