पृथ्वीराजमार्गअन्तर्गत तनहँुको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको निधन भएको छ । दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन् । मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नं को बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३० वर्षीया शोभा धितालको निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा ३६ वर्षीय सुरज धिताल र नौ वर्षीय अर्पण धिताल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा निधन हुने श्रीमती हुन् भने घाइते सुरज मृ तकका श्रीमान् र अर्पण छोरा हुन् ।

दुर्घटनामा घाइते भएकी शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधबार राति निधन भएको हो । उनको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो ।
दुर्घटनामा घाइते सुरज र अर्पणको पनि सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ खैरेनीटारमा जीपको ठक्करबाट पैदलयात्रीको निधन भएको छ । निधन हुनेमा कालिकोट पञ्चाल झरना गाउँपालिका–५ निवासी २२ वर्षीय कृष्णप्रसाद आचार्य रहेका छन् ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा१२च १८१२ नं को जीपले ठक्कर दिँदा घाइते भएका आचार्यको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा  निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । पैदलयात्रीलाई ठक्कर दिने जीप र चालक प्रहरी नियन्त्रणमा छन् ।

त्यस्तै बसको ठक्करबाट स्याङ्जामा एक वृद्धाको निधन भएको छ । पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ७६६४ नंको बसको ठक्करले वालिङ नगरपालिका– १ रामबाच्छास्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा स्याङ्जाको भिरकोट नगरपालिका– ३ देउराली बस्ने ६५ वर्षीया फूलमाया सार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

बसको ठक्करबाट घाइते भएकी सार्कीलाई उपचारका लागि ग्रहौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पु¥याएपछि चिकित्सकले दिउँसो ३ः३० बजे मृ त घोषणा गरेका थिए । बस चालक गल्याङ नगरपालिका– ११ का ३० वर्षीय नेत्रलाल भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो ।

Comments