हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने चार जना घाइते भएका छन् । आज अपराह्न १ बजे हतुवागढी गाउँपालिका वडा नम्बर ५ होम्ताङको भित्री सडकमा दुर्घटना भएको हो । दुर्घटना सोही गाउँपालिका वडा नम्बर ४ खैराङका मिलन राईकी आठ वर्षीया छोरी गुराँसको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा निधन भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिनुभयो ।

घोडेटारबाट होम्ताङतर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पो अनियन्त्रित भई सडकदेखि अन्दाजी ६० मिटर तल झरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मिलनकै चार वर्षीया छोरी रितु, २१ वर्षीया रिका, १२ वर्षीय अनिम राई र चालक २४ वर्षीय विजय राई घाइते भएका हुन् । घाइतेमध्ये चालक विजय राई र ४ वर्षीया बालिका रितुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस : फरार अभियुक्त धमाधम पक्राउ

अदालतबाट दोषी ठहर भएका र फरार अभियुक्तलाई बाँके प्ररीले धमाधम पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका अभियुक्त पक्राउ गर्ने अभियान चलाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो ।

उहाँका अनुसार, उक्त अभियानका क्रममा चालू आर्थिक वर्षको तीन महीनामा मात्रै २१ जना कैद तथा जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन् । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका डाँकाचोरी, ज्या न मा र्ने उद्योग, ला गुऔ षध, ठगी, चोरी, सवारी ज्या नलगायतका विभिन्न अपराधमा फरार २१ जना अभियुक्तलाई पक्राउ गरिएको हो । पक्राउ परेकाबाट रु नौ लाख ५७ हजार ५०० जरिवाना असुलीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरी उपरीक्षक वलीले जानकारी दिनुभयो ।

अदालतको फैसला कार्यान्वयन टोली बनाएर फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाउने अभियान सञ्चालनमा रहेको छ । जिल्ला प्रहरी कार्यालयले गत आव २०७५÷७६ मा विभिन्न मुद्दामा कैद तथा जरिवाना भएका ७८ जनालाई पक्राउ गरी अदालतमा बुझाएको थियो ।

Comments