पश्चिम नवलपरासीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन भएको छ । दुई जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना४३प २९७९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको निधन भएको हो ।

सो घटनामा ट्रकका चालक र सहचालक गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय सञ्जीवनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन् ।

यस्तै खाल्डोमा जमेको पानी विद्युतीय मोटरबाट निकाल्ने क्रममा करेन्ट लागेर पश्चिम नवलपरासीमा एक युवकको निधन भएको छ । करेन्ट लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बसहियाका २२ वर्षीय अभिमन्युसिंह कुर्मीको उपचारका क्रममा आज निधन भएको हो ।

उहाँको नवलपरासीको बर्दघाटस्थित शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारका लागि लैजाने क्रममा बाटोमै निधन भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस : खु र्पा प्र हारबाट पाँच घाइते

भोजपुर नगरपालिका–११ मा खु र्पा प्र हारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खु र्पा प्र हार गरी उनीहरुलाई घाइते बनाएको हो ।

घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सख्त घाइते दुई जनालाई उपचारका लागि सुनसरीको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान र अर्का एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments