दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्या न गुमाएका छन ।
उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएका र उनले अन्यलाई पनि तानेको बताइएको छ ।

सो नवविवाहित पुरुषले आफ्नो बहिनीलाई बचाउन भ्याए तर बाँकी सबै डुबेका बताइएको छ । सेल्फीको मोहले हाल दुर्घटना बढेको बताइन्छ । द हिन्दू पत्रिकाका अनुसार आइतवार कृष्णागिरी को बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए । साथमा दुलहाका बहिनी पनि थिइन् । साथका अन्य तीन किशोरकिशोरी पनि रहेका जनाइएको छ ।

सो दुर्घटनामा १४ वर्षीय किशोर चिप्लिए र सँगसँगै १८ र १९ वर्षका दिदीलाई आफूसँगै तानेको बताइएको छ । सन् २०११ र सन् २०१७ मा विश्वभर भएका सेल्फी मृ त्युको सङ्ख्या २५९ पुगेको थियो ।

जसमध्ये आधा भारतीय नागरिक रहेका बताइएको छ । भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन् । भारतको हरियाणा राज्यमा मे महिनामा तीन किशोरहरूले रेलवे मार्गमा सेल्फी खिच्ने क्रममा अगाडिबाट आएको रेललाई छल्ने कोसिस गरेका थिए, तर विपरीत दिशाबाट आएको रेलको ठक्करबाट उनीहरूको ज्या न गएको थियो ।

सोही वर्ष ओडिसा राज्यमा एकजना पुरुषले एक हात्तीसँगै उभिएर सेल्फी खिच्दै गर्दा उक्त हात्तीले सूँढले कसेर तिनको ज्या न गएको थियो ।
सामाजिक सञ्जालमा अरूलाई प्रभावित गर्ने प्रयासमा मानिसहरूले जोखिमपूर्ण सेल्फी फोटो खिच्ने गरेको भन्दै त्यस्ता व्यवहारविरुद्ध जानकारहरूले चेतावनी दिएका छन् ।

यो पनि पढ्नुहोस :  भारतमा दृष्टि असमर्थतामा ५२ प्रतिशत सुधार

भारतमा हालै गरिएको अन्धोपनसम्बन्धी राष्ट्रव्यापी सर्वेक्षण (२०१५–२०१९) मा व्यक्तिको आँखाको दृष्टिसम्बन्धी असमर्थतामा ५२ प्रतिशतले सुधार आएको देखाएको छ । विश्व स्वास्थ्य संगठनले अन्धोपन निवारणमा २५ प्रतिशत सुधार गर्ने लक्ष्य राखेकामा त्योभन्दा निकै प्रगति भएको सर्वेक्षणमा उल्लेख छ ।

उक्त सर्वेक्षण अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को सहयोगमा स्वास्थ्य मन्त्रालयले गरेको थियो । यस सर्वेक्षणमा २४ वटा राज्य तथा केन्द्र शासित प्रदेश समेटिएको थियो । सर्वेक्षणमा करिब १ लाख ११ हजार व्यक्तिको आँखा परीक्षण गरिएको थियो ।

सन् २००६–७ मा स्वास्थ्य मन्त्रालयले गरेको गरेको यस्तै सर्वेक्षणमा आँखाको समस्या भएका व्यक्तिको संख्या करिब ५.३० प्रतिशत थियो । पछिल्लो सर्वेक्षणले दृष्टिको अवस्थामा सुधार आई २.५५ प्रतिशत देखिएको छ ।

साथै दृष्टिविहीनताको अवस्थामा पनि ०.३६ प्रतिशतले कमी आएको छ जबकी २००६–७ मा यो ०.६८ प्रतिशत थियो । एम्सका डा अतुल कुमारका अनुसार विश्व स्वास्थ्य संगठनले सन् २०१९ सम्ममा दृष्टिको समस्यामा २५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनले अघिल्लो साता सार्वजनिक गरेको प्रतिवेदनमा विश्वभर करिब २ अर्ब २० करोड मानिसमा आँखाको ज्योति सम्बन्धी समस्या रहेको देखाएको छ । तीमध्ये करिब १ अर्ब मानिसको आँखाको उपचार सम्भव रहेको छ ।

 

Comments