सप्तरीमा एक ज्येष्ठ नागरिकको ह त्या आरोपमा उनकी श्रीमती र छोरा पक्राउ परेका छन् । कु टपि टबाट मृ त्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ ।


आइतबार राति म दिरा से वन गरेका नइम र जमुनीको कु टपि टबाट ६२ वर्षीय मो. गफुर पमरियाको निधन भएको बताइएको छ । गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कु टपि ट गरी ह त्या गरेको भन्दै मृ तकका भाइ मो. इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।

आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

यो पनि पढ्नुहोस :  कैदीबन्दीलाई टीका

बडादशैँको दशमीका दिन आज जिल्ला कारागार तनहुँका कैदीबन्दीले कारागारभित्रै टीका लगाएका छन् । हरेक वर्षझैँ यस वर्षको दशैँमा पनि कारागार प्रशासनले कैदीबन्दीलाई दशैँको टीका लगाउने व्यवस्था मिलाएको थियो ।

विभिन्न अपराधमा सजाय काटिरहेका कैदीबन्दीलाई आफन्तजनको हातबाट दशैँको टीका लगाउने व्यवस्था मिलाइएको कारागार तनहुँका सहायक जेलर नारायण अधिकारीले जानकारी दिनुभयो । “आफन्तजनबाट कैदीबन्दीलाई दशैँको टीका लगाउन कारागारभित्रै व्यवस्था गरेका थियौँ,” अधिकारीले भन्नुभयो, “टीका लगाउन पाउँदा कैदीबन्दी खुशी भएका छन् ।”

कैदीबन्दीले कारागारभित्रै रमाइलो वातावरणमा दशैँ मनाएका थिए । कारागार प्रशासनले दशैँ र तिहारमा आफन्तजनको हातबाट कैदीबन्दीलाई टीका लगाउने व्यवस्था मिलाउँदै आएको छ । कूल ३५ जना क्षमताको कारागारमा हाल थुनुवा र कैदी गरी १४३ जना कैदीबन्दी रहेका छन् ।

 

Comments