दैलेख – दुल्लु नगरपालिका र नारायण नगरपालिकाको सीमा क्षेत्रमा बग्ने छामघाट खोलामा दुई जनाको श व फेला परेको छ। चुप्राबजार नजिक लोहोरे र छामघाट दोभानमाथि छामछाट खोलाको तालमा डुबको अवस्थामा दुई जनाका श व फेला परेका हुन्।

खोला तर्ने क्रममा बगेर निधन भएको हुनसक्ने आंशका गरिएको जिल्ला प्रहरी कार्यालयका दैलेखका सुचना अधिकारी प्रेमबहादुर क्षेत्रीले बताए। दुबै श व खाेलामा डुबेको अवस्थामा भेटिएकाे जनाइएको छ। प्रहरीले मंगलवार साँझ ८ बजेतिर मृ तकको श व खोलाबाट निकालिएको थियो।

प्रहरीकाअनुसार मृ तक दुल्लु नगरपालिका –११ की ४५ वर्षिय ईन्दबहादुर सुनार र उनकी ४० वर्षीया श्रीमती खगिसरा सुनार रहेको प्रहरीले जनाएको छ। उनीहरु दशैंको दिन घरमा टीका लगाई ससुरालीमा टीका लगाउन ४ बजे हिडेको मृतकका भतिज गणेश विकले बताए।

छामघाट खोला तरेर जाने क्रममा उनीहरुको बगेर निधन भएको हुनसक्ने आफन्तले अनुमान गरिएको छ। उनीहरु खोला तरेर नारायण नगरपालिका २ कुसाडा ससुराली आउँदै थिए। श व डुवेको अवस्थामा प्रहरी र स्थानीयहरु झिकेर पोष्ट मार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याउने तयारी गरिएको छ। नागरिक न्युजमा खबर छ ।

यो पनि पढ्नुहोस : बस दुर्घटना हुँदा ३८ जना घाइते, एकको अवस्था गम्भीर

चितवनमा बस दुर्घटना हँुदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५÷४६ जना सवार रहेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments