प्रधानमन्त्रि केपी शर्मा ओलीले दशैँको टिका बुवाको हातबाट ग्रहण गरेका छन् । प्रधानमन्त्री कार्यालयमा टिका ग्रहण गर्दै केपी ओलीले आशिर्वाद लिएका छन् । बुवासंग टिका ग्रहण गरे संगै प्रधानमन्त्रीले भिआईपिहरुलाई टिका लाइदिएका छन् भने सर्वसाधरणहरु ले पनि टिका लाइदिएका छन् ।

धानमन्त्री ओलीले मंगलबार अपरान्ह २ बजेर ३६ मिनेटमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुबा मोहनप्रसादको हातबाट बडा दसैंको टीका र जमरा ग्रहण गरेका हुन् । त्यसपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई दसैैंको टीका र जमरा लगाई दिए ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका नेताहरु, सांसदहरु, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई, आफ्ना सुरक्षाकर्मीहरु र सचिवालयका अन्य सदस्यहरुलाई टिका र जमरा लगाई सर्वसाधरण लाइ टिका लाईदिएका हुन् ।

राष्ट्रपतिबाट प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावलाई टीका
राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाउनुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाउनुभएको हो ।

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाउनुभयो ।

Comments