दक्षिण भारतको तमिलनाडु राज्यमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा एउटा सरोवरमा डुबेर ज्या न गुमाएको प्रहरीले बताएको छ। ६ जनाको समूहले एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेका थिए। ती व्यक्ति चिप्लिए र उनले अन्यलाई पनि ताने।

ती महिलाका पतिले आफ्नो बहिनीलाई बचाउन भ्याए तर बाँकी सबै डुबे। द हिन्दू पत्रिकाका अनुसार आइतवार कृष्णागिरी को बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए। साथमा दुलहाका बहिनी पनि थिइन्।

तीनजना पानीभित्र पसेका थिए र साथमा तीन किशोरकिशोरी पनि थिए। त्यतिनैखेर १४ वर्षीय किशोर चिप्लिए र सँगसँगै १८ र १९ वर्षका दिदीलाई आफूसँगै ताने। उनीहरूसँगै दुलही पनि डुबिन्।

सेल्फीका कारण हुने दुर्घटना  लागि भारत कुख्यात छ। सन् २०११ र सन् २०१७ को बीचमा विश्वभरि भएका सेल्फी मृ त्युको सङ्ख्या २५९ थियो जसमध्ये आधा भारतमा भएको थियो। भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन्।

भारतको हरियाणा राज्यमा मे महिनामा तीन किशोरहरूले रेलवे मार्गमा सेल्फी खिच्ने क्रममा अगाडिबाट आएको रेललाई छल्ने कोसिस गरेका थिए, तर विपरीत दिशाबाट आएको रेलको ठक्करबाट उनीहरूको ज्या न गयो।

सन् २०१७ मा कर्नाटक राज्यले चार विद्यार्थीको ज्या न गएपछि सेल्फी विरुद्ध सचेतना अभियान चलायो। सोही वर्ष ओडिसा राज्यमा एकजना पुरुषले एक हात्तीसँगै उभिएर सेल्फी खिच्दै गर्दा उक्त हात्तीले सूँढले कसेर तिनको ज्या न गएको थियो। सामाजिक सञ्जालमा अरूलाई प्रभावित गर्ने प्रयासमा मानिसहरूले जोखिमपूर्ण सेल्फी फोटो खिच्ने गरेको भन्दै त्यस्ता व्यवहारविरुद्ध जानकारहरूले चेतावनी दिएका छन्।

Comments