एजेन्सी। भनिन्छ, प्रेम अन्धो हुन्छ। प्रेम गर्नेले कुनै पनि कुराको प्रवाह गर्दैनन्। आज हामी तपाइँलाइ जे बताउन गाइरहेका छौं, त्यो पढेपछि तपाइँलाई लाग्ने छ, वास्तवमा प्रेम अन्धो नै हुन्छ ! यो प्रसंग अमेरिकाको वाशिंटनको दक्षिण वेल्सको न्युपोर्टको हो। यहाँ ३४ वर्षका ल्युकले आफ्नी प्रेमिकालाई सुन्दरी बनाउन र प्रेमिकाको आवश्यकता पूरा गर्न आफ्ना ९२ वर्षका हजुरबुवाको सम्पूर्ण सम्पत्ति खर्च गरेका छन्।

पीडित हजुरबुवाले प्रहरीमा उजुरी दिँदै आफ्नो नातिले गर्लफ्रेण्डको ब्रेस्ट सर्जरीकालागि भन्दै एटीएम कार्ड लगेको बताएका छन्। उनले आफ्नो उजुरीमा नातिले धेरै पैसा चोरेर जहाजको टिकट, अनलाइन शपिङ र भवन निर्माणमा खर्च गरेको उल्लेख गरेका छन्।

पीडित हजुरबुवाले अदालतमा पेश गरेको याचिकामा भनिएको थियो, ‘ मेरो बैंक खाताबाट पैसा चोरी भएको छ। जसकारण मैले विजुलीको बिल बाहेक अन्य आवश्यक काम गर्न सकेको छैन।’

बृद्ध हजुरबुवाको गत वर्ष निधन भइसकेको छ। उनका वकिल एम्मा ह्यारीका अनुसार आफ्नो पेन्सन र बचत पैसा चोरी भएपछि उनी ठूलो चिन्तामा थिए। यही दुखका कारण उनको एकवर्ष अगाडि निधन भएको थियो।

अनौंठो प्रकारको प्राणी पाइने संसारको सबैभन्दा पूरानो मरुभूमी

एटलान्टिक महासागर नजिकै विश्वको सबै भन्दा पूरानो नामिब नामको मरुभुमी रहेको छ । यो मरुभुमीले एटलान्टिक महासागरबाट अन्तर्देशीय क्षेत्रमा फैलिएर नामीबिया, अंगोला र दक्षिण अफ्रिकाको केही अंश ढाकेको छ । यो मरुभुमि निकै स्थापित र सबैभन्दा ठूलो मरुभूमिमध्ये एक हो ।

यो मरुभुमिमा विचित्र किसिमका बोटबिरुवा र प्राणीहरू लाखौंको संख्यामा पाइन्छ । यस भागमा पाइने बोटबिरुवा र प्राणीहरु अरु कुनै भागमा पाइदैन ।

उच्च अन्तर्देशीय स्तर र एटलान्टिक महासागरको बीचमा रहेको नामिब मरुभूमी नामिबियाको किनारमा लोभलाग्दो अवस्थामा रहेको छ । मनमोहम दृश्यले भरिपूर्ण रहेको यो मरुभूमीको क्षेत्रफलले उत्तरदेखि काओकोभल्ड मरुभूमी र दक्षिणदेखि कारु मरुभूमीलाई समेटेको छ ।

मरुभूमी भएतापनि यस क्षेत्रमा विभिन्न किसिमका लाखौं प्राणी र बोटबिरुवाले आफ्नो जीवन चलाएका छन् । यस क्षेत्रमा पहाडी जेब्रा, जेम्सबोक, छोटो कान भएको हात्ती विक्षेन, अनुदानको शानदार तिल कारु बस्टर्ड र सर्पहरु पाइन्छ । त्यसैगरी, यो क्षेत्रमा पाइने बोटबिरुवाहरु पनि अरु भन्दा फरक र अनौंठो प्रकारमा हन्छन् । त्यस भागमा केवल २ पात मात्र हुने वेलविट्स्चिया र मिराबिलिसजस्तो झाडी पाइन्छ, जसको आयु एक हजार वर्ष भन्दा बढी हुन्छ ।

Comments