अर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै निधन भएको छ । कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको श’व भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताउनुभयो । मृ’तकको सनाखत भएको छैन ।

घटनास्थलबाट छ  जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको र घटनास्थलतर्फ आफूहरु जाँदै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । घाइते मध्य ४ जना सामान्य उपचार पछि बुटवल रिफर भएका  छन् । जीप सडकबाट झण्डै एक किलोमिटर तल खसेको हो । तस्विर – हरि कुँवर

Comments