करिश्मा मानन्धर नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन्। उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन । कस्तुरी चलचित्रमा काम गरेपछि उनले चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गरिन् । विवाह पश्चात् उनी चर्चाको शिखरमा पुगिन् यसै कारण उनलाई करिश्मा केसी भन्दा करिश्मा मानन्धरकै नामले चिनिन्छिन् । उनको एउटी छोरी (कविता मानन्धर) पनि छिन् ।

रातो पहिरन अनि भावुकता । चलचित्र नायिका करिश्मा मानन्धर काखमा नवजात शिशु लिएर बसेकी छिन् । शिशु निदाएको अवस्थामा छ । लाग्छ यो करिश्माको आफ्नै बच्चा हो । करिश्माले  बच्चाको अनुहारमा छुन खोजेजस्तो छ । तर, उनले लामो नङका कारण होशियारी अपनाएकी छिन् । सामाजक सञ्जाल फेसबुकमा उनले बच्चा बोकेको तस्बिर पोष्ट गरेकी छिन् ।

बच्चा निकै सावधानीपूर्वक बोकेकी छिन् । यस्तो लाग्छ कि यो उनकै बच्चा हो । करिश्माले विवाह गरेको साँढे दुई दशक पुगिसक्यो । छोरी नै २० कटिसकेकी छिन् । तर, उनी सदावहार देखिन्छिन् ।

एक्ली आमाले हुर्काएकी बुनुले त्यसवेलासम्म सिनेमा हेरेकै थिइनन्। यसरी एक्कासी हिरोइन बनेपछि करिश्मा केसी हुँदै करिश्मा मानन्धर बनेकी बनेकी बुनु अढाइ दशकदेखि नेपाली फिल्म उद्योगमा छाएकी छन्।

सुन्दरी करिश्मालाई धेरैले ‘के राज हो सधैं सुन्दर देखिनुको’ भनेर सोध्छन्। उनी आफूलाई मार्न हैन हरदम ताजा र जीवित राख्ने कोशिशमा रहने जवाफ दिन्छिन्। “खासगरी, महिलाका लागि खुशी र स्वस्थ रहनु अनिवार्य पनि छ”, करिश्मा भन्छिन्, “आफू दुःखी भएर अरूलाई खुशी पार्न सकिंदैन।”

मानिसले शरीर प्रयोग गरेर धेरै थोक कमाउने हुनाले जीवन नै धान्ने शरीरलाई माया गर्नुपर्ने उनी बताउँछिन्। स्वस्थ, सुन्दरता, परिवार र कामलाई सँगै लिएर हिंडेकीले आफू आम नेपालीको हिरोइन हुनसकेको उनको भनाइ छ।

नेपाली सिनेमाको कमजोरीका जानकार हिरोइन करिश्मा नायिकाहरूको जथाभावीले यो क्षेत्र बद्नाम छ भन्ने भनाइको कडा प्रतिवाद गर्छिन्। उनी भन्छिन्, “यो क्षेत्रको मर्यादाको सीमा र माया यसलाई नै जीवन बनाएको हामीलाई भन्दा बढी अरूलाई हुनु अनौठो हो।”

Comments