गम्भीर आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीको टोलीले पूर्व गृहमन्त्रीसमेत रहेका महरालाई सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको हो । प्रहरी भ्यानमा बस्न नमानेपछि नीजि गाडीमा राखेर महरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

करणी उद्योगको आरोपमा पक्राउ परेका महरालाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको छ । अन्य हिरासत भन्दा सुविधा सम्पन्न भएकाले उनलाई सिंहदरबार वृत्तमा राखिएको हो । यसअगाडि पनि भीभीआईपी पक्राउ पर्दा सिंहदरबार वृत्तमै राखिदै आएको थियो ।

गत १२ असोज आइतबार राति आफूमाथि करणी प्रयास गरेको संसद सचिवालयकै एक महिला कर्मचारीले महरालाई आरोप लगाएपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै  नेपालको कानुनी क्षेत्रमा निकै चिनिएका नाम हुन् रामनारायण बिडारी । खरो बोल्ने बिडारी राष्ट्रिय सभा सदस्य पनि छन् । जनता जान्न चाहन्छनको बहसमा ऋषि धमलासँग बिडारीले सनसनीपूर्ण खुलासाहरु गर्दै करणीसँग जोडिएका कानुनी व्यवस्थाबारे बोलेका छन् । उनले धमलासंग कुरा गर्दै भनेका छन् मैले समाचारमा सुनेको छु । अहिले समाचारकै भरमा कुनै धारणा बनाइहाल्नु हुँदैन । यो योजनाबद्ध षड्यन्त्र पनि हुन सक्छ । मेरो अन्दाजमा व्यक्ति सम्पर्कमा उहाँको स्वभाव र अवस्था हेर्दा त्यस्तो मान्छे होइन । अल्कोहल पिएको कुरामा पनि शंका छ ।

उनले अघि कुरा गर्दै भनेका छन् : “हो, एक नारीले लगाउनुभएको छ । त्यो आरोप बाहिर आएको छ । त्यसको छानबिन होला ।” ती आरोपका तथ्यहरु छन् भने गर्नुपर्छ । त्यस्तो छैन भने मान्छेलाई ह्या¥यास गर्नुहुँदैन । अहिले फसाउने सजिलो उपाय रहेछ । कोही मान्छेलाई केही गर्दा पनि बद्नाम गर्न सकिएन भने एउटा गिनीपिग तयार गरेर फ्याट्ट एउटा कुरा भन्दियो भने हौ हेर भनेर अरु उफ्रिने रहेछन् । त्यस्तो पनि हुन सक्छ । यसबारेमा चाहिंं मलाई राम्रो थाहा भएन ।

ती नारी जसले यो कुरा भनेको छ । तिनीहरुमाथि कारबाही हुन्छ । अहिले हामीले कानुन कस्तो बनाएका छौं भने कसैलाई बद्नाम गराउने उद्देश्यले कसैले झुठा जाहेरी दिएमा वा नठहर्ने कुरामा उजुरी गरेमा उसलाई पनि कारबाही हुने कानुनी व्यवस्था हाम्रो फौजदारी संहितामा छ । त्यस कारण ती महिलालाई पनि कारबाही हुन सक्छ ।
उनीसँगको विशेष कुराकानीः

Comments